{"title":"Socio-cultural Perspective of Senior Citizens Health Status in Nepal","authors":"M. Sharma","doi":"10.3126/cdj.v29i43.41074","DOIUrl":"https://doi.org/10.3126/cdj.v29i43.41074","url":null,"abstract":"This study examines the elderly people’s health status differentials according to selected background variables on the basis of Ageing Survey 2014. The general objective of the study is to identify the health status of elderly people in socio-cultural perspective. This study examined the associations of different twelve socio-cultural factors with combination of health outcome (Good or Bad) in older age by applying the cross tables, Chi squire test and binary logistic regression analysis. These variables are selected on the basis of theoretical and empirical studies sighted in the literature reviews. This research is find out only three major socio-cultural factors that make variation determine in the health status of elderly people in Nepal. General literacy status does not impact the elderly health situation in Nepal so high level education need to elderly to improve health status of elderly. Highly appreciating and follow up elderly advices help to increase health status of elderly so it should be utilized in most societies of Nepal. Only Kirat religion elderly are found to be in good health condition than Hindu religion. So other religions of Nepal have not significant impact on health status of elderly compare to Hindu religion.","PeriodicalId":157329,"journal":{"name":"Curriculum Development Journal","volume":"19 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2021-12-01","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"121804898","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
{"title":"आन्तरिक मूल्याङ्कनमा परीक्षणका प्रमुख गुणप्रति सरोकारवालाको दृष्टिकोण Aantarik Mulyankanma Parikshyanka Pramukh Gunprati Sarokarwalako Dristikon","authors":"Rajendra Khanal","doi":"10.3126/cdj.v29i43.41059","DOIUrl":"https://doi.org/10.3126/cdj.v29i43.41059","url":null,"abstract":"त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र स्नातकोत्तर तहको सेमेस्टर प्रणालीको आन्तरिक मूल्याङ्कनको विश्वसनीयता तथा वैधताप्रति सरोकारवालाको दृष्टिकोणलाई यस लेखमा प्रस्तुत गरिएको छ । यो लेख क्षेत्रीय सर्वेक्षण विधिमा आधारित छ भने यसमा उद्देश्यमूलक नमुना छनोट प्रक्रिया अपनाइएको छ । यसमा शिक्षाशास्त्र, स्नातकोत्तर तहमा अध्ययनरत १०० जना विद्यार्थी तथा उक्त तहमा अध्यापनरत २५ जना शिक्षकलाई नमुनाका रूपमा लिई उनीहरूको अभिमतको विश्लेषण गरिएको छ । आन्तरिक मूल्याङ्कनबाट प्राप्त भएको अङ्क विश्वसनीय छ भन्ने कथनमा ४२ प्रतिशत शिक्षार्थी र ४८ प्रतिशत शिक्षक मात्र सकारात्मक देखिएकाले सन्तुष्टिको स्तर कमजोर रहेको देखिन्छ । आन्तरिक मूल्याङ्कन प्रक्रियाका उकरणमा सबै किसिमका वैधता रहेका छन् भन्ने कथनमा ३८ प्रतिशत शिक्षार्थी र ३६ प्रतिशत शिक्षक मात्र सकारात्मक देखिएकाले यस सूचकमा दुवै वर्गको सन्तुष्टिको स्तर अत्यन्त कमजोर रहेको देखिन्छ । यसबाट आन्तरिक मूल्याङ्कनमा विश्वसनीयता तथा वैधता नरहेको निष्कर्ष प्राप्त भएको छ ।","PeriodicalId":157329,"journal":{"name":"Curriculum Development Journal","volume":"107 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2021-11-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"132629576","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
{"title":"त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयः म्यानुअलदेखि अनलाइनसम्म Tribhuvan Vishwavidhyalaya Kendriya Pustakalaya: Myanual Dekhi Online Samma","authors":"Bijaya Sharma","doi":"10.3126/cdj.v29i43.40963","DOIUrl":"https://doi.org/10.3126/cdj.v29i43.40963","url":null,"abstract":"प्रस्तुत लेखमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय स्थापनाकालदेखि ८० को दशकको उत्तराद्र्धसम्ममा आइपुग्दा सुदृृढीकरणका विभिन्न आयममा भएका प्रयासको विवेचना गरिएको छ । विभिन्न आयममध्ये पुस्तकालयको स्थापना, ज्ञानसामग्रीको व्यवस्थापन र अनलाइन रिसोर्सेसमा भएगरेका गतिविधिका सम्बन्धमा प्राप्त तथ्य तथा रेकर्डबाट सूचना तथा तथ्याङ्क सङ्कलन गरी विश्लेषण गरिएको छ । वि.सं. २०१६ मा त्रिभुवन विश्वविद्यायसँगै सीमित स्रोत साधनबाट त्रिपुरेश्वरदेखि सुरुभएको पुस्तकायल अहिले देशकै ठुलो पुस्तकालयका रूपमा स्थापित भएको देखिन्छ । यस पुस्तकालयले म्याुनअल प्रणालीबाट ज्ञानसामग्रीहरू व्यवस्थापन तथा छिटोछरितो सेवा प्रवाहमा देखापरेका समस्यालाई न्यूनीकरण गर्न समयक्रम अनुसार आधुनिक प्रविधि उन्मुख भएको छ । हाल नयाँ प्रविधिको प्रयोग गर्दै रिमोट एक्सेस सेवा सहित बहुविषयलाई समेटेको प्रोक्वेस्ट डाटाबेस खरिद गरी पाठकहरूलाई अनलाइन मार्फत सेवा प्रदान गर्न सुरु गरेको छ । अनलाइन सेवा विस्तारकै क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो सन्जाल फैलाउदै निःशुल्क रूपमा रिसोर्सेसहरूको पनि व्यवस्था पुस्तकालयले गरेको देखिन्छ । पुस्तकालयले आफुलाई पूर्णरूपमा डिजिटाइजेसन गर्न सकेको छैन् । त्यसकारण म्यानुअल र अनलाइन दुवै प्रणालीलाई अगाल्दै हाइब्रिड पुस्तकालयको रूपमा सेवा प्रवाह गरेको यथार्थ यस लेखका निष्कर्षमा प्रस्तुत गरिएको छ ।","PeriodicalId":157329,"journal":{"name":"Curriculum Development Journal","volume":"145 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2021-11-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"115125692","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
{"title":"गुरुङ – नेपाली शैक्षणिक शब्दकोश Gurung-Nepali Shaishyanik Shabdakosh","authors":"Budda Raj Khaniya","doi":"10.3126/cdj.v29i43.41056","DOIUrl":"https://doi.org/10.3126/cdj.v29i43.41056","url":null,"abstract":"गुरुङ – नेपाली शैक्षणिक शब्दकोशको नमुना प्रस्तुत गर्ने उद्देश्यले तयार गरिएको यो लेख लमजुङ र कास्की जिल्लामा प्रयोग गरिने गुरुङ भाषामा आधारित छ । यसमा प्राथमिक र द्वितीयक दुबै स्रोतबाट तथ्यहरू सङ्कलन गरिएको थियो । प्राथमिक तथ्य सङ्कलनका लागि लमजुङ र कास्की जिल्लाबाट १५–१५ जनाका दरले जम्मा ३० जना गुरुङ मातृभाषी वक्ताहरू उद्देश्यमूलक तरिकाबाट छनोट गरियो । निर्धारित गुरुङ मातृभाषी सूचकहरूसँग प्रत्यक्ष सम्पर्क गरेर तयार गरिएका विभिन्न विषय क्षेत्रसँग सम्बन्धित नेपाली भाषाका आधारभूत शब्दसूची अनुवाद गर्न लगाई प्राथमिक तथ्यहरू सङ्कलन गरियो भने गुरुङ भाषामा प्रकाशित पाठ्य सामग्री, कोश, व्याकरण जस्ता सामग्रीका आधारमा द्वितीयक तथ्यहरू सङ्कलन गरियो । यसरी सङ्कलन गरिएका तथ्यहरूलाई कोश सम्पादनको सैद्धान्तिक आधारमा गुरुङ–नेपाली शैक्षणिक कोशको नमुना प्रस्तुत गरिएको छ । यस लेखमा १९० गुरुङ भाषाका आधारभूत शब्दहरूका आधारमा गुरुङ – नेपाली शैक्षणिक शब्दकोशको नमुना दिइएको छ । यसमा गुरुङ भाषामा प्रविष्टि दिएर तिनको शब्द वर्गीय सूचना, नेपालीमा समानार्थी एवम् गुरुङ र नेपाली भषामा प्रयोग समेत दिइएको छ । कोशको नमुना देवनागरी लिपिमा प्रस्तुत गरिएको छ ।","PeriodicalId":157329,"journal":{"name":"Curriculum Development Journal","volume":"92 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2021-11-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"116951470","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
{"title":"परिभाषित प्रेम कथामा समाख्यानात्मक काल Paribhashit Prem Kathama Samakhyatmak Kal","authors":"A. Regmi","doi":"10.3126/cdj.v29i43.41088","DOIUrl":"https://doi.org/10.3126/cdj.v29i43.41088","url":null,"abstract":"प्रस्तुत लेखमा बेन्जु शर्माद्वारा लिखित ‘परिभाषित प्रेम’ कथामा प्रयोग भएको समाख्यानात्मक कालको खोजी गरी त्यसको कथागत प्रभावकारिता पहिल्याइएको छ । साहित्यिक कृतिबाट तथ्यको खोजी गरी समाख्यानात्मक कालको सैद्धान्तिक आधारमा विश्लेषण गरिएकाले अध्ययन गुणात्मक प्रकृतिको छ साथै अध्ययनमा विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । समाख्यानमा प्रस्तुतीकरणको (रिप्रेजेन्टेसनल) काल र प्रस्तुत भएको (रिप्रेजेन्टेड) काल अर्थात् सङ्केतक काल र सङ्केतित काल गरी दुई किसिमले कालको प्रस्तुति भएको हुन्छ । आख्यानमा प्रस्तुत घटनाको समय, घटनाको व्रmम, पात्रका मनोदशा, विचार उत्पन्न हुँदाका समय, घटनाको आवृत्ति र घटना प्रस्तुत गर्दा लेखकले प्रयोग गरेको काल (टेन्स) का आधारमा समाख्यान कालबारे अध्ययन गर्न सकिन्छ । ‘परिभाषित प्रेम’ कथामा घटना काल अर्थात् प्रस्तुतीकरणको काल र समाख्यायित काल अर्थात् प्रस्तुत भएको काल भिन्नाभिन्नै छ । यस कथामा घटना काल दुई दिनको भए पनि समाख्यायित काल चालिस वर्षको छ । कथामा पूर्ण वर्तमान कालको प्रयोगले कथामा अग्रभूमीकरण गरेको छ भने पात्रको मनको निश्चितता देखाउन भविष्यत्कालको प्रयोग गरिएको छ । भूतकालिक प्रयोगले पात्रको स्थितिबोध गराएका छन् भने वर्तमान कालमा समाख्यानात्मक व्रmमको प्रस्तुति भएको छ । यस कथामा प्रस्तुत समाख्यायित कालको विषय मूल पात्रको विगतको सङ्घर्ष र स्थिति हो । लेखमा विवेचित कथाको समाख्यानात्मक व्रmम अघि बढ्दा वर्तमान कालको प्रयोग भएकाले कथामा दृश्यात्मकता र प्रभावकारितामा वृद्धि भएको, पाठकमा कौतुहलता सिर्जना गर्नमा घटना कालले र कौतुहलताको शमन गरी पाठकमा आत्मसन्तुष्टि प्रदान गर्नमा समाख्यायित कालले भूमिका खेलेको, ‘परिभाषित प्रेम’ कथाको संरचना मिश्रित हुनुमा समाख्यानात्मक कालको भूमिका रहेको निष्कर्ष प्राप्त भएको छ ।","PeriodicalId":157329,"journal":{"name":"Curriculum Development Journal","volume":"5 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2021-11-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"115701127","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
{"title":"स्नातक तहको पाठ्यक्रममा आधुनिक नेपाली गीतगजल Snatak Tahako Pathyakrmma Aadhunik Nepali Geetgajal","authors":"Dhundiraj Pahadi","doi":"10.3126/cdj.v29i43.41091","DOIUrl":"https://doi.org/10.3126/cdj.v29i43.41091","url":null,"abstract":"प्रस्तुत आलेख त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत ऐच्छिक नेपाली विषयको चार बर्से बी.ए. को पाठ्यक्रममा निर्धारित पाठ्यांश सङ्केत नेपाली ४२६(ख) मा समाविष्ठ आधुनिक नेपाली गीत तथा गजलको उपादेयतासम्बन्धी सघन विश्लेषणामा केन्द्रित छ । स्नातक तहको ऐच्छिक नेपाली विषयमा पठनपाठन हुने गरी समेटिएको उक्त आधुनिक नेपाली गीत तथा गजल विद्यार्थीहरूलाई साहित्यका लोकप्रिय विधाउपविधाहरूमा अन्तर्निहित विशिष्ट प्रकृतिको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिलाउने उद्देश्यले समावेश गरिएको हो । विद्यार्थीहरूलाई काव्य वा साहित्यशिक्षणले पैदा गराउने विशिष्ट चेतना तथा ज्ञान र सिपका बारेमा अध्ययन गरी उपलब्ध तथ्यहरूको विश्लेषणसहित यस आलेखमा विश्लेष्य विषयको पुष्टिका निम्ति गीत तथा गजलको सैद्धान्तिक अवधारणासमेतलाई आधार बनाइएको छ । नेपाली जनमनलाई आकर्षण गर्ने, राष्ट्रप्रेमको भावना पैदा गर्ने र सामाजिक सद्भाव र राष्ट्रिय एकताको विशिष्ट चेतना वृद्धि गर्ने सरल साहित्यका रूपमा लोकप्रिय हुँदै आएको गीतगजल उपविधा स्नातक तहमा अध्ययनरत विद्यार्थीका निम्ति पठनपाठनको विषय बन्नु शैक्षिक प्राज्ञिक दृष्टिले औचित्यपूर्ण छ भन्ने प्रस्तुत अनुसन्धानात्मक आलेखको निष्कर्ष रहेको छ ।","PeriodicalId":157329,"journal":{"name":"Curriculum Development Journal","volume":"20 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2021-11-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"121572604","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
{"title":"साल्गीको बलात्कृत आँसु कथामा बाह्यसीमित दृष्टिविन्दुको प्रयोग Salgiko Balatkrit Aansu Kathama Bahyasimit Drishtibinduko Prayog","authors":"Tribhuvan Barai","doi":"10.3126/cdj.v29i43.41090","DOIUrl":"https://doi.org/10.3126/cdj.v29i43.41090","url":null,"abstract":"प्रस्तुत लेखमा बाह्यसीमित दृष्टिविन्दुको सैद्धान्तिक मान्यताका आधारमा कथाकार पारिजातद्वारा लिखित ‘साल्गीको बलात्कृत आँसु’ कथाको अध्ययन गरिएको छ । उनको प्रस्तुत कथामा प्रयुक्त बाह्यसीमित दृष्टिविन्दुको वैशिष्ट्य कस्तो छ भन्ने जिज्ञासाकोे परिपूर्ति गर्नका लागि यो अध्ययन गरिएको हो । बाह्यसीमित दृष्टिविन्दुको सैद्धान्तिक पर्याधारलाई आधार बनाई प्राथमिक एवम् द्वितीयक स्तरको सामग्रीको उपयोग गरी निगमनात्मक, गुणात्मक र पाठविश्लेषणात्मक शोधविधि अपनाई यहाँ निष्कर्ष निकालिएको छ । प्रस्तुत कथामा प्रयुक्त दृष्टिविन्दुको पद्धतिसँग सम्बद्ध पक्षको अध्ययन असंलग्न समाख्याता, कथानकीय सन्दर्भ, पात्रविधानगत अवस्था, एकल पात्रको मनोविश्लेषण एवम् सारवस्तुको प्रस्तुतीकरण र बोधको माध्यम जस्ता उपकरणका आधारमा गरिएको छ । यसैगरी, उक्त कथामा साल्गीलाई दृष्टिविन्दुपात्रका रूपमा आबद्ध गर्नुका कारणहरूको विश्लेषणमा सीमान्तीयता, लैङ्गिकता, जातीयता, आर्थिक अवस्था र नारीवादी डिस्कोर्स जस्ता मानदण्डलाई अपनाइएको छ भने साल्गीको चरित्रनिर्माणमा प्रयुक्त मनोविश्लेषणात्मक आधारहरूको अध्ययन जीवनमूलप्रवृत्ति, मृत्युमूलप्रवृत्ति, आत्मरतिग्रन्थि, अचेतन र चेतन मन जस्ता मानकका आधारमा गरिएको छ । बाह्य सीमित दृष्टिविन्दुको प्रयोगले प्रस्तुत कथाको संरचनात्मक र अर्थीय दुवै पक्षको निर्माणमा महत्त्वपूर्ण भूमिका खेली कथालाई कलात्मक, सौन्दर्यपूर्ण र मानवीय संवेदनायुक्त बनाएको कुरा यस अध्ययनमा प्राप्त गरिएको छ । अन्त्यमा, उक्त दृष्टिविन्दुको प्रयोगले प्रस्तुत कथाका आयामगत लघुता, आख्यानको एकान्विति, आफैमा पूर्णता, प्रभावान्विति, पृथक् रचनाविधानगत पद्धतिप्रतिको आबद्धता, मानवीय जीवनको खण्डात्मक चित्रण जस्ता वैशिष्ट्यहरू परिपाकमा पुग्नुले कथाकार पारिजातमा कथा सिर्जना गर्ने शिल्प र सामथ्र्य बेजोड रहेकोे निष्कर्ष निकालिएको छ ।","PeriodicalId":157329,"journal":{"name":"Curriculum Development Journal","volume":"22 5","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2021-11-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"114106127","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}
{"title":"शत्रु कथामा समाख्यानात्मक सङ्केन्द्रण् Shatru Kathama Samakhyanatmak Sangkendran","authors":"Gobinda Prasad Luitel","doi":"10.3126/cdj.v29i43.41089","DOIUrl":"https://doi.org/10.3126/cdj.v29i43.41089","url":null,"abstract":"प्रस्तुत आलेख ‘शत्रु’ कथाको समाख्यानात्मक सङ्केन्द्रण विश्लेषणमा केन्द्रित छ । सङ्केन्द्रणले समाख्यानात्मक सूचना कसको दृष्टिकोणबाट र कसरी प्रस्तुत गरिएको छ भन्ने कुरालाई बुझाउँदछ । यस अध्ययनमा समाख्यानात्मक सङ्केन्द्रणसम्बन्धी प्रारूप प्रस्तुत गर्दै विवेच्य कथाको सङ्केन्द्रणको विमर्श गरिएको छ । कथाको सङ्केन्द्रणसम्बन्धी कलागत सौन्दर्यको निरूपण गर्ने यस लेखमा पुस्तकालयीय कार्यबाट विश्लेष्य सामग्रीको सङ्कलन गरिएको छ भने ती सामग्रीलाई गुणात्मक विश्लेषण विधिका आधारमा विवेचना गरिएको छ । यस अध्ययनमा सङ्केन्द्रणअन्तर्गत विश्लेष्य कथाका समाख्याता, समाख्यानात्मक वाच्यत्व, सङ्केन्द्रक, सङ्केन्द्रित विषय एवम् समाख्यानात्मक चरित्रको अनुशीलन गरी तिनको अन्तरसम्बन्ध र कलापक्षको निरूपण पनि गरिएको छ । यस अध्ययनबाट समग्रमा प्रस्तुत कथामा समाख्यानात्मक सङ्केन्द्रणसँग सम्बद्ध पक्षहरूको उपयुक्त संयोजन भएका कारण कथात्मक सौन्दर्यको उपस्थापन भएको छ भने समाख्याता सङ्केन्द्रक र पात्र सङ्केन्द्रकमार्पmत समाख्यानात्मक सूचनाहरूलाई प्रभावकारी ढङ्गले सम्प्रेषण गरिएका कारण सङ्केन्द्रण व्यवस्थाका दृष्टिले यो कथा कलात्मक बनेको छ भन्ने निष्कर्ष अध्ययनबाट प्राप्त भएको छ ।","PeriodicalId":157329,"journal":{"name":"Curriculum Development Journal","volume":"11 1","pages":"0"},"PeriodicalIF":0.0,"publicationDate":"2021-11-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":null,"resultStr":null,"platform":"Semanticscholar","paperid":"122775412","PeriodicalName":null,"FirstCategoryId":null,"ListUrlMain":null,"RegionNum":0,"RegionCategory":"","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":"","EPubDate":null,"PubModel":null,"JCR":null,"JCRName":null,"Score":null,"Total":0}