{"title":"परिभाषित प्रेम कथामा समाख्यानात्मक काल Paribhashit Prem Kathama Samakhyatmak Kal","authors":"A. Regmi","doi":"10.3126/cdj.v29i43.41088","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेखमा बेन्जु शर्माद्वारा लिखित ‘परिभाषित प्रेम’ कथामा प्रयोग भएको समाख्यानात्मक कालको खोजी गरी त्यसको कथागत प्रभावकारिता पहिल्याइएको छ । साहित्यिक कृतिबाट तथ्यको खोजी गरी समाख्यानात्मक कालको सैद्धान्तिक आधारमा विश्लेषण गरिएकाले अध्ययन गुणात्मक प्रकृतिको छ साथै अध्ययनमा विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । समाख्यानमा प्रस्तुतीकरणको (रिप्रेजेन्टेसनल) काल र प्रस्तुत भएको (रिप्रेजेन्टेड) काल अर्थात् सङ्केतक काल र सङ्केतित काल गरी दुई किसिमले कालको प्रस्तुति भएको हुन्छ । आख्यानमा प्रस्तुत घटनाको समय, घटनाको व्रmम, पात्रका मनोदशा, विचार उत्पन्न हुँदाका समय, घटनाको आवृत्ति र घटना प्रस्तुत गर्दा लेखकले प्रयोग गरेको काल (टेन्स) का आधारमा समाख्यान कालबारे अध्ययन गर्न सकिन्छ । ‘परिभाषित प्रेम’ कथामा घटना काल अर्थात् प्रस्तुतीकरणको काल र समाख्यायित काल अर्थात् प्रस्तुत भएको काल भिन्नाभिन्नै छ । यस कथामा घटना काल दुई दिनको भए पनि समाख्यायित काल चालिस वर्षको छ । कथामा पूर्ण वर्तमान कालको प्रयोगले कथामा अग्रभूमीकरण गरेको छ भने पात्रको मनको निश्चितता देखाउन भविष्यत्कालको प्रयोग गरिएको छ । भूतकालिक प्रयोगले पात्रको स्थितिबोध गराएका छन् भने वर्तमान कालमा समाख्यानात्मक व्रmमको प्रस्तुति भएको छ । यस कथामा प्रस्तुत समाख्यायित कालको विषय मूल पात्रको विगतको सङ्घर्ष र स्थिति हो । लेखमा विवेचित कथाको समाख्यानात्मक व्रmम अघि बढ्दा वर्तमान कालको प्रयोग भएकाले कथामा दृश्यात्मकता र प्रभावकारितामा वृद्धि भएको, पाठकमा कौतुहलता सिर्जना गर्नमा घटना कालले र कौतुहलताको शमन गरी पाठकमा आत्मसन्तुष्टि प्रदान गर्नमा समाख्यायित कालले भूमिका खेलेको, ‘परिभाषित प्रेम’ कथाको संरचना मिश्रित हुनुमा समाख्यानात्मक कालको भूमिका रहेको निष्कर्ष प्राप्त भएको छ ।","PeriodicalId":157329,"journal":{"name":"Curriculum Development Journal","volume":"5 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2021-11-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Curriculum Development Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/cdj.v29i43.41088","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत लेखमा बेन्जु शर्माद्वारा लिखित ‘परिभाषित प्रेम’ कथामा प्रयोग भएको समाख्यानात्मक कालको खोजी गरी त्यसको कथागत प्रभावकारिता पहिल्याइएको छ । साहित्यिक कृतिबाट तथ्यको खोजी गरी समाख्यानात्मक कालको सैद्धान्तिक आधारमा विश्लेषण गरिएकाले अध्ययन गुणात्मक प्रकृतिको छ साथै अध्ययनमा विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । समाख्यानमा प्रस्तुतीकरणको (रिप्रेजेन्टेसनल) काल र प्रस्तुत भएको (रिप्रेजेन्टेड) काल अर्थात् सङ्केतक काल र सङ्केतित काल गरी दुई किसिमले कालको प्रस्तुति भएको हुन्छ । आख्यानमा प्रस्तुत घटनाको समय, घटनाको व्रmम, पात्रका मनोदशा, विचार उत्पन्न हुँदाका समय, घटनाको आवृत्ति र घटना प्रस्तुत गर्दा लेखकले प्रयोग गरेको काल (टेन्स) का आधारमा समाख्यान कालबारे अध्ययन गर्न सकिन्छ । ‘परिभाषित प्रेम’ कथामा घटना काल अर्थात् प्रस्तुतीकरणको काल र समाख्यायित काल अर्थात् प्रस्तुत भएको काल भिन्नाभिन्नै छ । यस कथामा घटना काल दुई दिनको भए पनि समाख्यायित काल चालिस वर्षको छ । कथामा पूर्ण वर्तमान कालको प्रयोगले कथामा अग्रभूमीकरण गरेको छ भने पात्रको मनको निश्चितता देखाउन भविष्यत्कालको प्रयोग गरिएको छ । भूतकालिक प्रयोगले पात्रको स्थितिबोध गराएका छन् भने वर्तमान कालमा समाख्यानात्मक व्रmमको प्रस्तुति भएको छ । यस कथामा प्रस्तुत समाख्यायित कालको विषय मूल पात्रको विगतको सङ्घर्ष र स्थिति हो । लेखमा विवेचित कथाको समाख्यानात्मक व्रmम अघि बढ्दा वर्तमान कालको प्रयोग भएकाले कथामा दृश्यात्मकता र प्रभावकारितामा वृद्धि भएको, पाठकमा कौतुहलता सिर्जना गर्नमा घटना कालले र कौतुहलताको शमन गरी पाठकमा आत्मसन्तुष्टि प्रदान गर्नमा समाख्यायित कालले भूमिका खेलेको, ‘परिभाषित प्रेम’ कथाको संरचना मिश्रित हुनुमा समाख्यानात्मक कालको भूमिका रहेको निष्कर्ष प्राप्त भएको छ ।