{"title":"काठमाडौँ उपत्यकाका लिच्छविकालिन बुद्धमूर्तिहरू","authors":"Basanta Raj Shakya","doi":"10.3126/HJ.V12I1.35637","DOIUrl":null,"url":null,"abstract":"नेपाली इतिहासमा ईश्वी २०० देखि ८७९ सम्मको समयलाई लिच्छविकाल भनिन्छ । यस समयमा तात्कालिननेपालको आर्थिक, सामाजिक, साँस्कृतिक एवम् धार्मिक क्षेत्रमा अत्याधिक विकास भएको थियो । जस कारणलिच्छविकाललाई नेपालको ‘सुवर्ण युग’ भनिन्छ । काठमाडौँ उपत्यकामा लिच्छविकालिन बौद्ध विहारहरू, ढुङ्गेधारातथा चैत्य परिसरहरूमा विभिन्न आकार प्रकारका बुद्धमूर्तिहरू पाइन्छन् । जसमध्ये प्रस्तरका ५१ वटा तथा धातुका१२ वटा लिच्छविकालिन बुद्धमूर्तिहरूको अध्ययन गरिएको छ । प्रस्तरको ५१ वटा बुद्धमूर्तिहरूमध्ये काठमाडौँमाहेनाकर महाविहार, बाँगेमुडा, स्वयम्भू, अन्तराष्ट्रिय बौद्ध भावना केन्द्र, विक्रमशील महाविहार, चारुमति विहार,पशुपति राजराजेश्वरी घाट गरी जम्मा १७ वटा छन् । त्यसैगरी झक्तपुरको सिद्धपोखरीमा एउटा बुद्धमूर्ति छ भनेललितपुरमा ईबही स्तूप, नागबाहा, तुरणबाहा, वम्बाहा, आलोक हिति, गुईतबही, क्वन्तिबही, जेष्ठवर्ण महाविहारगरी जम्मा १८ वटा बुद्धमूर्ति पाईयो । बाँकी ३ वटा छाउनीको राष्ट्रिय संग्रहालयमा र १२ वटा चोरी भईसकेकाछन् । धातुका १२ वटा बुद्धमूर्तिहरू निजी संकलन तथा विभिन्न संग्रहालयहरूमा प्रदर्शनमा छन् ।लिच्छविकालका प्रायः बुद्धमूर्तिहरू चतुरव्यूह चैत्यमा चंक्रमण तथा भविष्य व्याकरणमुद्रामा रहेका छन् ।ललितपुरको वज्रकिर्ति महाविहारस्थित चैत्यमा वैरोचनसहित पञ्चबुद्धमूर्तिको मूर्ति र आलोकहिटि परिसरमारहेको वज्रासनमास्थित दुइ हात वरदमुद्राको बुद्धमूर्ति पनि पाइन्छ । बुद्धमूर्तिहरूमध्ये ध्वाखाबाहा, बाँगेमुढा,अन्तर्रािष्ट्रय बौद्ध भावना केन्द्र, चारुमती विहारको चतुरव्यूह चैत्यभित्रको बुद्धमूर्ति, नागबाहा र स्वयम्भूकोबुद्धमूर्ति वाहेक अन्य सबै बुद्धमूर्ति जीर्ण, अङ्गभङ्ग भएका तथा खण्डित अवस्थामा रहेका छन् । खण्डित अवस्थामारहेका बुद्धमूर्तिहरूमध्ये पशुपति राजराजेश्वरी घाटको बुद्धमूर्ति र पाटनको क्वन्तिबही अगाडिको चैत्यमा रहेकोस्वर्गावतरित बुद्धमूर्ति जिर्णोद्वार गरिएका छन् । चोरी भएका बुद्धमूर्तिहरूमध्ये पाटन भिन्छेबहाःको बुद्धमूर्ति,क्वन्तिबही अगाडिको चैत्यमा रहेको बुद्धमूर्ति र ईबही स्तूपको उत्तरपूर्वमा रहेको बुद्धमूर्ति स्थानीयहरूबाटपूनःस्थापना गरिएका छन् । चोरी भइसकेका बुद्धमूर्तिहरू स्वदेशी तथा विदेशी संग्रहालयहरूमा प्रदर्शनमा छन्भने केही बुद्धमूर्तिहरू विदेशीहरूको नीजि संकलन तथा विश्वविद्यालयहरूमा पनि रहेका छन् ।","PeriodicalId":47458,"journal":{"name":"Historical Journal","volume":"33 1","pages":""},"PeriodicalIF":0.8000,"publicationDate":"2020-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Historical Journal","FirstCategoryId":"98","ListUrlMain":"https://doi.org/10.3126/HJ.V12I1.35637","RegionNum":1,"RegionCategory":"历史学","ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q1","JCRName":"HISTORY","Score":null,"Total":0}
引用次数: 0
Abstract
नेपाली इतिहासमा ईश्वी २०० देखि ८७९ सम्मको समयलाई लिच्छविकाल भनिन्छ । यस समयमा तात्कालिननेपालको आर्थिक, सामाजिक, साँस्कृतिक एवम् धार्मिक क्षेत्रमा अत्याधिक विकास भएको थियो । जस कारणलिच्छविकाललाई नेपालको ‘सुवर्ण युग’ भनिन्छ । काठमाडौँ उपत्यकामा लिच्छविकालिन बौद्ध विहारहरू, ढुङ्गेधारातथा चैत्य परिसरहरूमा विभिन्न आकार प्रकारका बुद्धमूर्तिहरू पाइन्छन् । जसमध्ये प्रस्तरका ५१ वटा तथा धातुका१२ वटा लिच्छविकालिन बुद्धमूर्तिहरूको अध्ययन गरिएको छ । प्रस्तरको ५१ वटा बुद्धमूर्तिहरूमध्ये काठमाडौँमाहेनाकर महाविहार, बाँगेमुडा, स्वयम्भू, अन्तराष्ट्रिय बौद्ध भावना केन्द्र, विक्रमशील महाविहार, चारुमति विहार,पशुपति राजराजेश्वरी घाट गरी जम्मा १७ वटा छन् । त्यसैगरी झक्तपुरको सिद्धपोखरीमा एउटा बुद्धमूर्ति छ भनेललितपुरमा ईबही स्तूप, नागबाहा, तुरणबाहा, वम्बाहा, आलोक हिति, गुईतबही, क्वन्तिबही, जेष्ठवर्ण महाविहारगरी जम्मा १८ वटा बुद्धमूर्ति पाईयो । बाँकी ३ वटा छाउनीको राष्ट्रिय संग्रहालयमा र १२ वटा चोरी भईसकेकाछन् । धातुका १२ वटा बुद्धमूर्तिहरू निजी संकलन तथा विभिन्न संग्रहालयहरूमा प्रदर्शनमा छन् ।लिच्छविकालका प्रायः बुद्धमूर्तिहरू चतुरव्यूह चैत्यमा चंक्रमण तथा भविष्य व्याकरणमुद्रामा रहेका छन् ।ललितपुरको वज्रकिर्ति महाविहारस्थित चैत्यमा वैरोचनसहित पञ्चबुद्धमूर्तिको मूर्ति र आलोकहिटि परिसरमारहेको वज्रासनमास्थित दुइ हात वरदमुद्राको बुद्धमूर्ति पनि पाइन्छ । बुद्धमूर्तिहरूमध्ये ध्वाखाबाहा, बाँगेमुढा,अन्तर्रािष्ट्रय बौद्ध भावना केन्द्र, चारुमती विहारको चतुरव्यूह चैत्यभित्रको बुद्धमूर्ति, नागबाहा र स्वयम्भूकोबुद्धमूर्ति वाहेक अन्य सबै बुद्धमूर्ति जीर्ण, अङ्गभङ्ग भएका तथा खण्डित अवस्थामा रहेका छन् । खण्डित अवस्थामारहेका बुद्धमूर्तिहरूमध्ये पशुपति राजराजेश्वरी घाटको बुद्धमूर्ति र पाटनको क्वन्तिबही अगाडिको चैत्यमा रहेकोस्वर्गावतरित बुद्धमूर्ति जिर्णोद्वार गरिएका छन् । चोरी भएका बुद्धमूर्तिहरूमध्ये पाटन भिन्छेबहाःको बुद्धमूर्ति,क्वन्तिबही अगाडिको चैत्यमा रहेको बुद्धमूर्ति र ईबही स्तूपको उत्तरपूर्वमा रहेको बुद्धमूर्ति स्थानीयहरूबाटपूनःस्थापना गरिएका छन् । चोरी भइसकेका बुद्धमूर्तिहरू स्वदेशी तथा विदेशी संग्रहालयहरूमा प्रदर्शनमा छन्भने केही बुद्धमूर्तिहरू विदेशीहरूको नीजि संकलन तथा विश्वविद्यालयहरूमा पनि रहेका छन् ।
期刊介绍:
The Historical Journal continues to publish papers on all aspects of British, European, and world history since the fifteenth century. The best contemporary scholarship is represented. Contributions come from all parts of the world. The journal aims to publish some thirty-five articles and communications each year and to review recent historical literature, mainly in the form of historiographical reviews and review articles. The journal provides a forum for younger scholars making a distinguished debut as well as publishing the work of historians of established reputation.