{"title":"‘परमानन्द’ महाकाव्यमा छन्दविधान","authors":"दामोदर रिजाल [Damodar Rijal]","doi":"10.3126/bmcjsr.v6i1.60965","DOIUrl":null,"url":null,"abstract":"कवि हिरालाल कँडेल ‘परमानन्द’ महाकाव्यका रचयिता हुन् । यो काव्यकृति पूर्वीय छन्दशास्त्रीय मान्यताअनुरूप लेखिएको छ । पूर्वीय, पाश्चात्य र नेपाली समालोचकहरूले छन्दलाई काव्यको उपकरण मानेको देखिन्छ । लौकिक र वैदिक गरी दुई वर्गमा विभाजित यसको लौकिकवर्गअन्तर्गत वृत्त र जातिजस्ता दुई भेद देखाइएका छन् । अक्षरको गणना हुने भएकाले वार्णिक र वर्णमात्रिक छन्दहरू वृत्तवर्गअन्तर्गत र ह्रस्वलाई एक अनि दीर्घलाई दुई मात्रामा गणना गरिने भएकाले मात्रिक छन्दहरू सबैलाई जातिवृत्तभित्र राखिएको छ । नेपालका समाजसुधारक र वीतरागी सज्जनपुरुष परमानन्द गुरुको चरित्राङ्कनका साथै उनका समाजरूपान्तरणसम्बन्धी अनेक सत्कर्मलाई यस महाकाव्यको कथावस्तुमा ठाउँ दिइएको छ । सत्ताइस सर्गको विस्तृत संरचनात्मक आयाम पाएको यस महाकाव्यमा चौधवटा बहुप्रचलित शास्त्रीय वार्णिक छन्दहरू प्रयोग भएका छन् । आचार्य पिङ्गलद्वारा रचित ‘छन्दसूत्र’नामक लक्षणग्रन्थ र त्यसका आधारमा विकसित गणसूत्र, गति, यति, लय, अक्षरसङ्ख्या र सम, अर्धसम तथा विषमवृत्तका शास्त्रीय मान्यतामा आधारित भई ‘परमानन्द’ महाकाव्यमा प्रयुक्त सबै छन्दहरूको यस शोधलेखमा विश्लेषण–परीक्षण गरिएको छ । विश्लेषणका क्रममा मुख्यतया यस काव्यका पद्यपङ्क्तिहरूमा गति, यतिको अवस्था र अक्षरभङ्गता खोजी गर्ने चेष्टा भएको छ । छन्दमिलानका लागि प्रचलित वर्णविन्यास व्यवस्थामाथिको अपचलन र यसप्रकारका दोषसमष्टिबाट छन्दोभङ्ग हुँदा भावास्वादनमा उत्पन्न जटिलता सङ्केत गर्न महाकाव्यीय पद्यपङ्क्तिलाई साक्ष्यका रूपमा अगाडि सारिएको छ । छन्दप्रयोगमा युक्तियुक्तता ठम्याउने उद्देश्यबाट गरिएको यस अध्ययनलाई समस्याकेन्द्री बनाइएको छ ।","PeriodicalId":404599,"journal":{"name":"BMC Journal of Scientific Research","volume":"15 1","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-12-22","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"BMC Journal of Scientific Research","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/bmcjsr.v6i1.60965","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
कवि हिरालाल कँडेल ‘परमानन्द’ महाकाव्यका रचयिता हुन् । यो काव्यकृति पूर्वीय छन्दशास्त्रीय मान्यताअनुरूप लेखिएको छ । पूर्वीय, पाश्चात्य र नेपाली समालोचकहरूले छन्दलाई काव्यको उपकरण मानेको देखिन्छ । लौकिक र वैदिक गरी दुई वर्गमा विभाजित यसको लौकिकवर्गअन्तर्गत वृत्त र जातिजस्ता दुई भेद देखाइएका छन् । अक्षरको गणना हुने भएकाले वार्णिक र वर्णमात्रिक छन्दहरू वृत्तवर्गअन्तर्गत र ह्रस्वलाई एक अनि दीर्घलाई दुई मात्रामा गणना गरिने भएकाले मात्रिक छन्दहरू सबैलाई जातिवृत्तभित्र राखिएको छ । नेपालका समाजसुधारक र वीतरागी सज्जनपुरुष परमानन्द गुरुको चरित्राङ्कनका साथै उनका समाजरूपान्तरणसम्बन्धी अनेक सत्कर्मलाई यस महाकाव्यको कथावस्तुमा ठाउँ दिइएको छ । सत्ताइस सर्गको विस्तृत संरचनात्मक आयाम पाएको यस महाकाव्यमा चौधवटा बहुप्रचलित शास्त्रीय वार्णिक छन्दहरू प्रयोग भएका छन् । आचार्य पिङ्गलद्वारा रचित ‘छन्दसूत्र’नामक लक्षणग्रन्थ र त्यसका आधारमा विकसित गणसूत्र, गति, यति, लय, अक्षरसङ्ख्या र सम, अर्धसम तथा विषमवृत्तका शास्त्रीय मान्यतामा आधारित भई ‘परमानन्द’ महाकाव्यमा प्रयुक्त सबै छन्दहरूको यस शोधलेखमा विश्लेषण–परीक्षण गरिएको छ । विश्लेषणका क्रममा मुख्यतया यस काव्यका पद्यपङ्क्तिहरूमा गति, यतिको अवस्था र अक्षरभङ्गता खोजी गर्ने चेष्टा भएको छ । छन्दमिलानका लागि प्रचलित वर्णविन्यास व्यवस्थामाथिको अपचलन र यसप्रकारका दोषसमष्टिबाट छन्दोभङ्ग हुँदा भावास्वादनमा उत्पन्न जटिलता सङ्केत गर्न महाकाव्यीय पद्यपङ्क्तिलाई साक्ष्यका रूपमा अगाडि सारिएको छ । छन्दप्रयोगमा युक्तियुक्तता ठम्याउने उद्देश्यबाट गरिएको यस अध्ययनलाई समस्याकेन्द्री बनाइएको छ ।
कवि हिराला कँडेल 'परमान्द' महाकाव्यका रचयिता हुन् । यो काव्यकृति पूर्वीय छन्दशास्त्रीय मान्यताअनुरू पलेखिएको छ । पूर्वीय、पाश्चात्य र नेपाली समालोचकहरूले छन्दलाई काव्यको उपकरण मानेको देखिन्छ । लौकिक र वैदिक गरी दुई वर्गमा विभाजित यसको लौकिकवर्गअन्तर्गत वृत्त र जातिजस्ता दुई भेद देखाइएका छन् । अक्षरकोगणना हुने भएकाले वार्णिक र वर्णमात्रिक छन्दहरू वृत्तवर्गअन्तर्गत र ह्रस्वलाई एक अनि दीर्घलाई दुई मात्रामा गणना गरिने भएकाले मात्रिक छन्दहरू सबैलाई जातिवृत्तभित्र राखिएको छ । नेपालकासमाजसुधारक र वीतरागी सज्जनपुरुष परमानन्द गुरुको चरित्राङ्कनका साथै उनका समाजरूपान्तरणसम्बन्धी अनेक सत्कर्मलाई यस महाकाव्यको कथावस्तुमा ठाउँ दिइएको छ । सत्ताइस सर्गको विस्तृतसंरचनात्मक आयाम पाएको यस महाकाव्यमा चौधवटा बहुप्रचलित शास्त्रीय वार्णिक छन्दहरू प्रयोग भएका छन् । आचार्य पिङ्गलद्वारा रचित ‘छन्दसूत्र’नामक लक्षणग्रन्थ र त्यसका आधारमा विकसित गणसूत्र,गति, यति, लय, अक्षरसङ्ख्या र सम、अर्धसम तथा विषमवृत्तका शास्त्रीय मान्यतामा आधारित भई ‘परमानन्द’ महाकाव्यमा प्रयुक्त सबै छन्दहरूको यस शोधलेखमा विश्लेषण–परीक्षण गरिएको छ । विश्लेषणका क्रममा मुख्यतया यस काव्यका पद्यपङ्क्तिहरूमा गति,यतिको अवस्था र अक्षरभङ्गता खोजी गर्ने चेष्टा भएको छ । छन्दमिलानका लागि प्रचलित वर्णविन्यास व्यवस्थामाथिको अपचलन र यसप्रकारका दोषसमष्टिबाट छन्दोभङ्ग हुँदा भावास्वादनमा उत्पन्नजटिलता सङ्केत गर्न महाकाव्यीय पद्यपङ्क्तिलाई साक्ष्यका रूपमा अगाडि सारिएको छ । छन्दप्रयोगमा युक्तियुक्तता ठम्याउने उद्देश्यबाट गरिएको यस अध्ययनलाई समस्याकेन्द्री बनाइएको छ ।