{"title":"समकालीन नेपाली कवितामा यथार्थवादी धारा","authors":"दीपकप्रसाद न्यौपाने","doi":"10.3126/dristikon.v13i1.56103","DOIUrl":null,"url":null,"abstract":"यो लेख नेपाली कविताको विकासप्रक्रियाको विश्लेषणसँग सम्बन्धित रहेको छ । नेपाली कविताको विकासप्रक्रियाका अध्ययनका सन्दर्भमा वि।सं। २०३६ को सडक कविताक्रान्तिपछिको समयावधिलाई समसामयिक युग नामकरण गरिएको पाइन्छ । कुनै एक प्रवृत्तिले स्थिरता प्राप्त गरिनसकेका अवधिमा कालिक सन्दर्भलाई आधार बनाई यस किसिमको नामकरण गर्नु सान्दर्भिक देखिए पनि निश्चत प्रवृत्तिको स्थिरीकरणसँगै कुनै वस्तुगत नाम दिनु वैज्ञानिक हुन्छ । यही सन्दर्भमा वि।सं। २०३६ भन्दा पछिको नेपाली कवितामा केकस्ता प्रवृत्तिहरू देखापरेका छन् र प्रवृत्तिगत दृष्टिले यस अवधिलाई के नाम दिनु उपयुक्त हुन्छ भन्ने मूल समस्यामा केन्द्रित रही यो लेख तयार पारिएको छ । यसका लागि यस लेखमा यस चरणका धेरै कविताहरूलाई प्राथमिक स्रोतका सामग्रीका रूपमा र नेपाली कविता तथा यसको समसामयिक युगका बारेमा गरिएका विश्लेषणहरूलाई द्वितीयक स्रोतका सामग्रीका रूपमा उपयोग गरिएको छ । गुणात्मक अनुसन्धानका ढाँचामा केन्द्रित रही तयार पारिएको यस लेखमा विशेष गरी सूक्ष्म पठन तथा विश्लेषण विधिको प्रयोग गरी निष्कर्ष निकालिएको छ । यस चरणका कविताहरू मूलतः वस्तुयथार्थका अभिव्यञ्जनामा केन्द्रित रहेका हुनाले प्रवृत्तिगत दृष्टिले यस अवधिलाई यथार्थवादी युग नामकरण गर्नु वैज्ञानिक हुने निष्कर्षलाई यस लेखले अगाडि सारेको छ । नेपाली कविताको पछिल्लो चरणलाई प्रवृत्तिगत दृष्टिले वैज्ञानिक रूपमा यथार्थवादी युग भनेर नामकरण गर्नु यस लेखको प्राप्ति तथा प्राज्ञिक योगदान रहेको छ ।","PeriodicalId":392018,"journal":{"name":"Dristikon: A Multidisciplinary Journal","volume":"25 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2023-06-28","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Dristikon: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/dristikon.v13i1.56103","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
यो लेख नेपाली कविताको विकासप्रक्रियाको विश्लेषणसँग सम्बन्धित रहेको छ । नेपाली कविताको विकासप्रक्रियाका अध्ययनका सन्दर्भमा वि।सं। २०३६ को सडक कविताक्रान्तिपछिको समयावधिलाई समसामयिक युग नामकरण गरिएको पाइन्छ । कुनै एक प्रवृत्तिले स्थिरता प्राप्त गरिनसकेका अवधिमा कालिक सन्दर्भलाई आधार बनाई यस किसिमको नामकरण गर्नु सान्दर्भिक देखिए पनि निश्चत प्रवृत्तिको स्थिरीकरणसँगै कुनै वस्तुगत नाम दिनु वैज्ञानिक हुन्छ । यही सन्दर्भमा वि।सं। २०३६ भन्दा पछिको नेपाली कवितामा केकस्ता प्रवृत्तिहरू देखापरेका छन् र प्रवृत्तिगत दृष्टिले यस अवधिलाई के नाम दिनु उपयुक्त हुन्छ भन्ने मूल समस्यामा केन्द्रित रही यो लेख तयार पारिएको छ । यसका लागि यस लेखमा यस चरणका धेरै कविताहरूलाई प्राथमिक स्रोतका सामग्रीका रूपमा र नेपाली कविता तथा यसको समसामयिक युगका बारेमा गरिएका विश्लेषणहरूलाई द्वितीयक स्रोतका सामग्रीका रूपमा उपयोग गरिएको छ । गुणात्मक अनुसन्धानका ढाँचामा केन्द्रित रही तयार पारिएको यस लेखमा विशेष गरी सूक्ष्म पठन तथा विश्लेषण विधिको प्रयोग गरी निष्कर्ष निकालिएको छ । यस चरणका कविताहरू मूलतः वस्तुयथार्थका अभिव्यञ्जनामा केन्द्रित रहेका हुनाले प्रवृत्तिगत दृष्टिले यस अवधिलाई यथार्थवादी युग नामकरण गर्नु वैज्ञानिक हुने निष्कर्षलाई यस लेखले अगाडि सारेको छ । नेपाली कविताको पछिल्लो चरणलाई प्रवृत्तिगत दृष्टिले वैज्ञानिक रूपमा यथार्थवादी युग भनेर नामकरण गर्नु यस लेखको प्राप्ति तथा प्राज्ञिक योगदान रहेको छ ।
यो लेख नेपाली कविताको विकासप्रक्रियाको विश्लेषणसँग सम्बन्धित रहेको छ । नेपाली कविताको विकासप्रक्रियाका अध्ययनका सन्दर्भमा वि।सं। २०३६ को सडक कविताक्रान्तिपछिकोसमयावधिलाई समसामयिक युग नामकरण गरिएको पाइन्छ । कुनै एक प्रवृत्तिले स्थिरता प्राप्त गरिनसकेका अवधिमा कालिक सन्दर्भलाई आधार बनाई यस किसिमको नामकरण गर्नु सान्दर्भिकदेखिए पनि निश्चत प्रवृत्तिको स्थिरीकरणसँगै कुनै वस्तुगत नाम दिनु वैज्ञानिक हुन्छ । यहीसन्दर्भमा वि।सं। २०३६ भन्दा पछिको नेापलीकवितामा केकस्ता प्रवृत्तिहरूदेखापरेका छन् र प्रवृत्तिगत दृष्टिले यस अवधिलाई के नाम दिनु उपयुक्त हुन्छ भन्ने मूल समस्यामा केन्द्रित रही यो लेख तयार पारिएको छ । यसका लागि यस लेखमा यस चरणका धेरैकविताहरूलाई प्राथमिक स्रोतका सामग्रीका रूपमा र नेपाली कविता तथा यसको समसामयिक युगका बारेमा गरिएका विश्लेषणहरूलाई द्वितीयक स्रोतका सामग्रीका रूपमा उपयोग गरिएकोछ । गुणात्मक अनुसन्धानका ढाँचामा केन्द्रित रही तयार पारिएको यस लेखमा विशेष गरी सूक्ष्म पठन तथा विश्लेषण विधिको प्रयोग गरी निष्कर्ष निकालिएको छ । यस चरणका कविताहरूमूलतः वस्तुयथार्थका अभिव्यञ्जनामा केन्द्रित हरेका हुनाले प्रवृत्तिगत दृष्टिले यस अवधिलाई यथार्थवाीद युग नामकरण गर्नु वैज्ञानिक हुने निष्कर्षलाई यस लेखले अगाडिसारेको छ । नेपाली कविताको पछिल्लो चरणलाई प्रवृत्तिगत दृष्टिले वैज्ञानिक रूपमा यथार्थवादी युग भनेर नामकरण गर्नु यस लेखको प्राप्ति तथा प्राज्ञिक योगदान रहेको छ ।