{"title":"स्थानीय निर्वाचन २०७९ मा दलहरूको अवस्था","authors":"ढाकाराम सापकोटा","doi":"10.3126/hssj.v14i2.58094","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेख स्थानीय निकायको निर्वाचनलाई विषय बनाएर लेखिएको छ । राज्यका हरेक निकाय जनतासँग जोडिने भए पनि परोक्ष सरोकार राख्ने भनेको स्थानीय निकाय हो । स्थानीय निकाय सङ्घीय शासन प्रणालीको मूल आधार हो । यसको स्थायित्व, दीर्घजीवन र संस्थागत विकास, यसले प्रदान गर्ने सेवामा भरपर्छ । त्यो खालको सेवा यसका प्रतिनिधिहरूको चयन गर्ने आवधिक निर्वाचनमा निर्भर हुन्छ । निर्वाचनबाट प्रतिनिधि छान्ने कुरा दलको दबदबामा भन्दा पनि स्थानीय जनता र विकाससँग जोडिएको व्यक्ति नै उत्तम हुने दृष्टान्त प्रस्तुत गर्नु लेखको उद्देश्य रहेको छ । पुस्तकालयीय विधिबाट सङ्कलन गरिएका स्रोतहरूको प्रयोग गरी सिस्टम थ्योरी विधिबाट अध्ययन गरिएको यस लेखमा सैद्धान्तिक र योग्यभन्दा निर्वाचन जित्ने एक मात्र लक्ष्यका साथ उम्मेदवार उठाउने र पार्टी सदस्यको नाममा तिनै उम्मेदवारलाई मत दिन दबाब दिने कुरा हाबी भएको देखिन्छ । जुन कुराले तत्काल राजनीतिक दलहरूलाई फाइदा हुने जस्तो देखिए तापनि कालान्तरमा दल र व्यवस्थाकै लागि अनुत्पादक हुने निष्कर्ष रह्यो ।","PeriodicalId":103345,"journal":{"name":"Humanities and Social Sciences Journal","volume":"64 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2023-03-27","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Humanities and Social Sciences Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/hssj.v14i2.58094","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत लेख स्थानीय निकायको निर्वाचनलाई विषय बनाएर लेखिएको छ । राज्यका हरेक निकाय जनतासँग जोडिने भए पनि परोक्ष सरोकार राख्ने भनेको स्थानीय निकाय हो । स्थानीय निकाय सङ्घीय शासन प्रणालीको मूल आधार हो । यसको स्थायित्व, दीर्घजीवन र संस्थागत विकास, यसले प्रदान गर्ने सेवामा भरपर्छ । त्यो खालको सेवा यसका प्रतिनिधिहरूको चयन गर्ने आवधिक निर्वाचनमा निर्भर हुन्छ । निर्वाचनबाट प्रतिनिधि छान्ने कुरा दलको दबदबामा भन्दा पनि स्थानीय जनता र विकाससँग जोडिएको व्यक्ति नै उत्तम हुने दृष्टान्त प्रस्तुत गर्नु लेखको उद्देश्य रहेको छ । पुस्तकालयीय विधिबाट सङ्कलन गरिएका स्रोतहरूको प्रयोग गरी सिस्टम थ्योरी विधिबाट अध्ययन गरिएको यस लेखमा सैद्धान्तिक र योग्यभन्दा निर्वाचन जित्ने एक मात्र लक्ष्यका साथ उम्मेदवार उठाउने र पार्टी सदस्यको नाममा तिनै उम्मेदवारलाई मत दिन दबाब दिने कुरा हाबी भएको देखिन्छ । जुन कुराले तत्काल राजनीतिक दलहरूलाई फाइदा हुने जस्तो देखिए तापनि कालान्तरमा दल र व्यवस्थाकै लागि अनुत्पादक हुने निष्कर्ष रह्यो ।