{"title":"संस्कृत साहित्यशास्त्रमा वर्णित रसदर्शन {Rasadarshan described in Sanskrit literature}","authors":"नारायण Narayan चालिसे Chalise","doi":"10.3126/kdk.v2i1.43166","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत आलेख संस्कृत साहित्यशास्त्र, त्यसअन्तर्गतको रससम्प्रदाय, त्यसमा वर्णित रसदर्शन मान्यतासँग सम्बन्धितरहेको छ । साहित्यशास्त्रमा रसपरम्परा सबैभन्दा मुख्य मानिन्छ । त्यसमा विवेचना गरिएका विभिन्न पक्षमध्ये रसलाईदर्शन मानेर गरिएको व्याख्या अझ महŒवपूर्ण छ । रसलाई काव्य वा साहित्यको मुख्य विषय मान्ने क्रममा रसलाईकाव्यको आत्मा हो भनिएको छ । साथै विद्वान्हरूले रसलाई यो आध्यात्मिक दर्शन हो, यो ब्रह्मसमान छ, यो अनीर्वचनीय,अखण्ड, स्वप्रकाश, आनन्दमय, चिन्मय, छ भन्ने सन्दर्भमा दिएका दृष्टान्तहरू र व्याख्याहरूले रसलाई जुन उचाइ दिइएकोछ त्यो महŒवपूर्ण हुँदाहुँदै पनि यसले केही दार्शनिक प्रश्नहरू जन्माएको छ । रसलाई काव्य साहित्यको महŒवपूर्ण विषयमानिरहँदा र रसको दार्शनिकतालाई पनि स्वीकारीकन पनि सधैँ उठ्ने ज्वलन्त प्रश्न यसको आध्यात्मिक तहको व्याख्याहो । रसलाई आध्यात्मिक मान्ने, रसलाई काव्यको आत्मा मान्ने र विद्वान्हरूले मानेझैँ रसलाई ब्रह्म पनि मानेपछि रसकाव्यको विषयबाट अलग्गिएर दर्शन मात्रैको विषय बन्नेगरी दार्शनिक मान्ने हो भने यसको काव्यात्मक शक्ति र सामथ्र्यकमजोर बन्ने र आध्यात्मिकता बढ्न गई यसको लौकिक धर्म पनि मेटिएर भौतिक जगत्को विषय नभएर आध्यात्मिकजगत्का कुरो हुन जान्छ । त्यतिमात्र होइन जुन उचाइ काव्यमा यसले लिएको थियो त्यो सबै दर्शनमा रूपान्तरण हुनजाँदा दर्शन र साहित्य एउटै विषय हुन् भन्नुपर्ने अव्यवस्था आउने देखिन्छ । रसदर्शन उचित हो तर रसको अलौकिकता,ईश्वरसदृशता, अनिर्वचनीयता आदि जसरी व्याख्या भएका छन् तिनले रसलाई कतै काव्यको क्षेत्रबाट अन्तै लैजाँदै तछैनन् ? रसलाई आध्यात्मिक मात्र मानिरहँदा सबै विचार र भावका भावकहरूबाट छुट्याउँदै त छैन ? रस काव्यको भावनभएर दर्शनको वस्तु मात्रै बन्दै त छैन ? भन्ने केही जिज्ञासाहरू जन्मिन्छन् तिनलाई समेटेर रसलाई लौकिक नै मान्नेतर्फको प्रयास नै उत्तम हो भन्ने आशय यस आलेखको निष्कर्ष विचार हो ।","PeriodicalId":332111,"journal":{"name":"Kaumodaki: Journal of Multidisciplinary Studies","volume":"95 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-02-16","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Kaumodaki: Journal of Multidisciplinary Studies","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/kdk.v2i1.43166","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत आलेख संस्कृत साहित्यशास्त्र, त्यसअन्तर्गतको रससम्प्रदाय, त्यसमा वर्णित रसदर्शन मान्यतासँग सम्बन्धितरहेको छ । साहित्यशास्त्रमा रसपरम्परा सबैभन्दा मुख्य मानिन्छ । त्यसमा विवेचना गरिएका विभिन्न पक्षमध्ये रसलाईदर्शन मानेर गरिएको व्याख्या अझ महŒवपूर्ण छ । रसलाई काव्य वा साहित्यको मुख्य विषय मान्ने क्रममा रसलाईकाव्यको आत्मा हो भनिएको छ । साथै विद्वान्हरूले रसलाई यो आध्यात्मिक दर्शन हो, यो ब्रह्मसमान छ, यो अनीर्वचनीय,अखण्ड, स्वप्रकाश, आनन्दमय, चिन्मय, छ भन्ने सन्दर्भमा दिएका दृष्टान्तहरू र व्याख्याहरूले रसलाई जुन उचाइ दिइएकोछ त्यो महŒवपूर्ण हुँदाहुँदै पनि यसले केही दार्शनिक प्रश्नहरू जन्माएको छ । रसलाई काव्य साहित्यको महŒवपूर्ण विषयमानिरहँदा र रसको दार्शनिकतालाई पनि स्वीकारीकन पनि सधैँ उठ्ने ज्वलन्त प्रश्न यसको आध्यात्मिक तहको व्याख्याहो । रसलाई आध्यात्मिक मान्ने, रसलाई काव्यको आत्मा मान्ने र विद्वान्हरूले मानेझैँ रसलाई ब्रह्म पनि मानेपछि रसकाव्यको विषयबाट अलग्गिएर दर्शन मात्रैको विषय बन्नेगरी दार्शनिक मान्ने हो भने यसको काव्यात्मक शक्ति र सामथ्र्यकमजोर बन्ने र आध्यात्मिकता बढ्न गई यसको लौकिक धर्म पनि मेटिएर भौतिक जगत्को विषय नभएर आध्यात्मिकजगत्का कुरो हुन जान्छ । त्यतिमात्र होइन जुन उचाइ काव्यमा यसले लिएको थियो त्यो सबै दर्शनमा रूपान्तरण हुनजाँदा दर्शन र साहित्य एउटै विषय हुन् भन्नुपर्ने अव्यवस्था आउने देखिन्छ । रसदर्शन उचित हो तर रसको अलौकिकता,ईश्वरसदृशता, अनिर्वचनीयता आदि जसरी व्याख्या भएका छन् तिनले रसलाई कतै काव्यको क्षेत्रबाट अन्तै लैजाँदै तछैनन् ? रसलाई आध्यात्मिक मात्र मानिरहँदा सबै विचार र भावका भावकहरूबाट छुट्याउँदै त छैन ? रस काव्यको भावनभएर दर्शनको वस्तु मात्रै बन्दै त छैन ? भन्ने केही जिज्ञासाहरू जन्मिन्छन् तिनलाई समेटेर रसलाई लौकिक नै मान्नेतर्फको प्रयास नै उत्तम हो भन्ने आशय यस आलेखको निष्कर्ष विचार हो ।