{"title":"चुनाबमा सोसल मिडियाको प्रयोग र एजेन्डा–सेटिङ","authors":"ऋषिकेश दाहाल","doi":"10.3126/hssj.v14i1.58007","DOIUrl":null,"url":null,"abstract":"सोसल मिडियाको बहुआयामिक उपस्थितिले अन्य क्षेत्रमा जस्तै मिडिया र राजनीतिमा पनि प्रभाव पारेको छ । नेपालमा चुनाबी अभियानका अवधिमा भएका अभ्यासले सञ्चार र राजनीति दुवै क्षेत्रमा ’नयाँ माध्यम’ले बलशाली उपस्थिति देखाइसकेको छ । सोसल मिडियाको उपस्थिति सन् २०१७ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि देखिएको थियो । तर सन् २०२२ मा आइपुग्दा प्रभाव र पहुँचका हिसाबले राजनीतिक तहबाट एजेन्डा सेट गर्ने हैसियतमा यसको प्रयोग अप्रत्यासित रूपमा बढेको छ । कुनै पनि सन्देशलाई तीव्र गतिमा स्थापित गर्ने क्ष१७७मता सोसल मिडियासँग भएकाले निर्वाचनमा परम्परागत माध्यमप्रतिको निर्भरता कमजोर बन्दैछ । यस अध्ययनमा चुनाबका सन्दर्भमा राजनीतिक दल र तिनका नेताले जारी गरेका सन्देश, विषयवस्तुको विश्लेषण विधिबाट मूल्याङ्कन गरिएको छ । चुनाब प्रचारको एक महिना अवधिमा फेसबुक, युट्युब र टिकटकमा ‘अपलोड’ सामग्रीको अनुगमन गरिएको हो । त्यसैगरी चुनाबी प्रचारमा सोसल मिडियाको प्रयोगबारे दस्ताबेज अध्ययन पनि गरिएको छ । यसरी अध्ययन गर्दा सन् २०२२ को स्थानीय तह निर्वाचनपूर्वको एक महिनामा सोसल मिडियाबाट नै नेपालका राजनीतिक दलले आफ्ना एजेन्डा स्थापित गर्न प्रयास गरेको पाइयो । वामपन्थी पृष्ठभूमिका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले व्यक्तिमा आधारित एजेन्डा स्थापित गरिरहँदा नेपाली काङ्ग्रेसले घोषणापत्रमा आधारित मुद्दालाई सोसल मिडियाबाट जनसमक्ष पु¥याउन खोजेको पाइयो । राजनीतिक दलले नयाँ माध्यमको प्रयोग भने पुरातन शैलीमा नै गरेको अध्ययनको निष्कर्ष छ ।","PeriodicalId":103345,"journal":{"name":"Humanities and Social Sciences Journal","volume":"12 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-10-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Humanities and Social Sciences Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/hssj.v14i1.58007","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
सोसल मिडियाको बहुआयामिक उपस्थितिले अन्य क्षेत्रमा जस्तै मिडिया र राजनीतिमा पनि प्रभाव पारेको छ । नेपालमा चुनाबी अभियानका अवधिमा भएका अभ्यासले सञ्चार र राजनीति दुवै क्षेत्रमा ’नयाँ माध्यम’ले बलशाली उपस्थिति देखाइसकेको छ । सोसल मिडियाको उपस्थिति सन् २०१७ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि देखिएको थियो । तर सन् २०२२ मा आइपुग्दा प्रभाव र पहुँचका हिसाबले राजनीतिक तहबाट एजेन्डा सेट गर्ने हैसियतमा यसको प्रयोग अप्रत्यासित रूपमा बढेको छ । कुनै पनि सन्देशलाई तीव्र गतिमा स्थापित गर्ने क्ष१७७मता सोसल मिडियासँग भएकाले निर्वाचनमा परम्परागत माध्यमप्रतिको निर्भरता कमजोर बन्दैछ । यस अध्ययनमा चुनाबका सन्दर्भमा राजनीतिक दल र तिनका नेताले जारी गरेका सन्देश, विषयवस्तुको विश्लेषण विधिबाट मूल्याङ्कन गरिएको छ । चुनाब प्रचारको एक महिना अवधिमा फेसबुक, युट्युब र टिकटकमा ‘अपलोड’ सामग्रीको अनुगमन गरिएको हो । त्यसैगरी चुनाबी प्रचारमा सोसल मिडियाको प्रयोगबारे दस्ताबेज अध्ययन पनि गरिएको छ । यसरी अध्ययन गर्दा सन् २०२२ को स्थानीय तह निर्वाचनपूर्वको एक महिनामा सोसल मिडियाबाट नै नेपालका राजनीतिक दलले आफ्ना एजेन्डा स्थापित गर्न प्रयास गरेको पाइयो । वामपन्थी पृष्ठभूमिका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले व्यक्तिमा आधारित एजेन्डा स्थापित गरिरहँदा नेपाली काङ्ग्रेसले घोषणापत्रमा आधारित मुद्दालाई सोसल मिडियाबाट जनसमक्ष पु¥याउन खोजेको पाइयो । राजनीतिक दलले नयाँ माध्यमको प्रयोग भने पुरातन शैलीमा नै गरेको अध्ययनको निष्कर्ष छ ।