{"title":"प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita","authors":"नित्यानन्द Nityananda खतिवडा Khatiwada","doi":"10.3126/DRISTIKON.V9I1.31186","DOIUrl":null,"url":null,"abstract":"प्रयोग पाश्चात्य जगत्मा जन्मिएर विकसित भएको एउटा साहित्यिक चिन्तन हो । नाटक, चित्रकला, कविता आदि क्षेत्रमा देखापरेको नवीन यो मान्यता पश्चिममा ‘वाद’ का रूपमा भने देखिएको पाईंदैन । प्रयोगात्मक कवितामा परम्पराभिन्न कथ्य, शिल्पशैली आदिमा नवीनता पाइन्छ । अमूर्त विषय, विशृङ्खलित भाषा, अस्तित्ववादी, विसङ्गतिवादी र प्रतीकवादी चेत, समग्रता, संरचनागत नयाँपन, असम्बद्ध भावबिम्ब प्रयोगात्मक कविताका मुख्य प्रवृत्तिहरू हुन् । नेपाली काव्य साहित्यका सन्दर्भमा कवि मोहन कोइरालाको २०१७ सालको ‘रूपरेखा’ पत्रिकामा प्रकाशित ‘घाइते युग’ कविताबाट प्रयोगात्मक कविता लेखनको थालनी भएको हो । नेपाली साहित्यका क्षेत्रमा ‘प्रयोगवाद’ शब्द नै प्रचलित रहेको छ । मोहन कोइरालाको वि.सं.२०२१ सालको ‘फर्सीको जरा’ एउटा विशिष्ट प्रयोगवादी कविता हो, जसमा प्रयोगात्मक कवितामा पाइने प्रायः प्रवृत्तिहरू समाविष्ट रहेका छन् । कथ्य, भाषा, संरचना, शीर्षक, शैली आदिमा नवीनता रहेको यस कविताको प्रकाशनपछि नै कोइरालाको प्रयोगवादी कवित्वचेत अझ फराकिलो बन्न पुगेको छ । कोइरालाका २०२९ अघिका कवितामा रहेको असम्प्रेष्य प्रवृत्ति २०३० पछि भने केही सम्प्रेष्य बन्न पुगेका छन् । नेपाली प्रयोगवादी कविताको विकासमा कोइरालाबाहेक ईश्वरवल्लभ, कृष्णभक्त श्रेष्ठ, वानिरा गिरी, पारिजात, उपेन्द्र श्रेष्ठ आदि कविहरूको विशेष देन रहेको पाइन्छ । यस लेखमा प्रयोगवादी कवि मोहन कोइरालाको कवित्वचेतलाई देखाउँदै प्रयोगात्मक प्रवृत्तिहरू केके हुन् र फर्सीको जरा कवितामा उक्त प्रवृत्तिहरू कसरी आएका छन् भन्ने विषयको विश्लेषण गरिएको छ ।","PeriodicalId":392018,"journal":{"name":"Dristikon: A Multidisciplinary Journal","volume":"151 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2020-09-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Dristikon: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/DRISTIKON.V9I1.31186","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रयोग पाश्चात्य जगत्मा जन्मिएर विकसित भएको एउटा साहित्यिक चिन्तन हो । नाटक, चित्रकला, कविता आदि क्षेत्रमा देखापरेको नवीन यो मान्यता पश्चिममा ‘वाद’ का रूपमा भने देखिएको पाईंदैन । प्रयोगात्मक कवितामा परम्पराभिन्न कथ्य, शिल्पशैली आदिमा नवीनता पाइन्छ । अमूर्त विषय, विशृङ्खलित भाषा, अस्तित्ववादी, विसङ्गतिवादी र प्रतीकवादी चेत, समग्रता, संरचनागत नयाँपन, असम्बद्ध भावबिम्ब प्रयोगात्मक कविताका मुख्य प्रवृत्तिहरू हुन् । नेपाली काव्य साहित्यका सन्दर्भमा कवि मोहन कोइरालाको २०१७ सालको ‘रूपरेखा’ पत्रिकामा प्रकाशित ‘घाइते युग’ कविताबाट प्रयोगात्मक कविता लेखनको थालनी भएको हो । नेपाली साहित्यका क्षेत्रमा ‘प्रयोगवाद’ शब्द नै प्रचलित रहेको छ । मोहन कोइरालाको वि.सं.२०२१ सालको ‘फर्सीको जरा’ एउटा विशिष्ट प्रयोगवादी कविता हो, जसमा प्रयोगात्मक कवितामा पाइने प्रायः प्रवृत्तिहरू समाविष्ट रहेका छन् । कथ्य, भाषा, संरचना, शीर्षक, शैली आदिमा नवीनता रहेको यस कविताको प्रकाशनपछि नै कोइरालाको प्रयोगवादी कवित्वचेत अझ फराकिलो बन्न पुगेको छ । कोइरालाका २०२९ अघिका कवितामा रहेको असम्प्रेष्य प्रवृत्ति २०३० पछि भने केही सम्प्रेष्य बन्न पुगेका छन् । नेपाली प्रयोगवादी कविताको विकासमा कोइरालाबाहेक ईश्वरवल्लभ, कृष्णभक्त श्रेष्ठ, वानिरा गिरी, पारिजात, उपेन्द्र श्रेष्ठ आदि कविहरूको विशेष देन रहेको पाइन्छ । यस लेखमा प्रयोगवादी कवि मोहन कोइरालाको कवित्वचेतलाई देखाउँदै प्रयोगात्मक प्रवृत्तिहरू केके हुन् र फर्सीको जरा कवितामा उक्त प्रवृत्तिहरू कसरी आएका छन् भन्ने विषयको विश्लेषण गरिएको छ ।