{"title":"नेपाली भाषाको प्रयोजनपरक भेद","authors":"यज्ञेश्वर निरौला","doi":"10.3126/hssj.v13i2.49816","DOIUrl":null,"url":null,"abstract":"नेपाली भाषाका प्रायः सबै वक्ताले सामान्य बोलचाल र लेखपढका काममा प्रयोगमा ल्याउने नेपाली भाषाको भेद नै सामान्य नेपाली हो तर ज्ञानविज्ञान र प्रविधिका साथै सञ्चार, कानुन, साहित्य, दर्शन, राजनीति, कृषि, प्रशासन, व्यापार वाणिज्य आदि नेपाली भाषाका विशिष्ट क्षेत्रमा प्रयोग गरिने भाषिक भेदलाई प्रयोजनपरक नेपाली भनिन्छ । विषयगत रूपमा प्रयोग हुने प्राविधिक तथा पारिभाषिक शब्द शब्दावली, वाक्य गठन, प्रस्तुतिको शैली आदिबाट भाषाका भेद छुट्टिँदै जाने क्रममा भाषाका प्रयोजनपरक भेदको जन्म हुन्छ । मानिसले जीविकोपार्जनका निम्ति गर्नुपर्ने कुनै न कुनै कामका आधारमा समाजमा बसोबास गर्ने सबै मानिसहरूको कार्य क्षेत्र एकै खालको हुँदैन । भिन्न भिन्न कार्यक्षेत्रका व्यक्तिहरूले प्रयोग गर्ने भाषाको प्रयोजनअनुसार शैलीमा फरक हुने गर्दछ । प्रस्तुत अनुसन्धानात्मक लेखमा नेपाली भाषामा केकस्ता प्रयोजनपरक भेद रहेका छन् भन्ने बारेमा चर्चा गरिएको छ । यस क्रममा प्रयोजनपरक भाषिक भेदको सैद्धान्तिक ढाँचा प्रस्तुत गर्दै नेपाली भाषामा पाइने प्रयोजनपरक भेदको परिचय दिई विश्लेषण गर्नु यस लेखको उद्देश्य रहेको छ । यही उद्देश्य प्राप्तिका लागि पुस्तकालय पद्धतिबाट सङ्कलन गरिएको सामग्रीलाई विश्लेषण गरी यस लेखमा नेपाली भाषामा रहेका प्रयोजनपरक भेदहरूको निरूपण गरिएको छ ।","PeriodicalId":103345,"journal":{"name":"Humanities and Social Sciences Journal","volume":"272 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-12-01","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Humanities and Social Sciences Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/hssj.v13i2.49816","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
नेपाली भाषाका प्रायः सबै वक्ताले सामान्य बोलचाल र लेखपढका काममा प्रयोगमा ल्याउने नेपाली भाषाको भेद नै सामान्य नेपाली हो तर ज्ञानविज्ञान र प्रविधिका साथै सञ्चार, कानुन, साहित्य, दर्शन, राजनीति, कृषि, प्रशासन, व्यापार वाणिज्य आदि नेपाली भाषाका विशिष्ट क्षेत्रमा प्रयोग गरिने भाषिक भेदलाई प्रयोजनपरक नेपाली भनिन्छ । विषयगत रूपमा प्रयोग हुने प्राविधिक तथा पारिभाषिक शब्द शब्दावली, वाक्य गठन, प्रस्तुतिको शैली आदिबाट भाषाका भेद छुट्टिँदै जाने क्रममा भाषाका प्रयोजनपरक भेदको जन्म हुन्छ । मानिसले जीविकोपार्जनका निम्ति गर्नुपर्ने कुनै न कुनै कामका आधारमा समाजमा बसोबास गर्ने सबै मानिसहरूको कार्य क्षेत्र एकै खालको हुँदैन । भिन्न भिन्न कार्यक्षेत्रका व्यक्तिहरूले प्रयोग गर्ने भाषाको प्रयोजनअनुसार शैलीमा फरक हुने गर्दछ । प्रस्तुत अनुसन्धानात्मक लेखमा नेपाली भाषामा केकस्ता प्रयोजनपरक भेद रहेका छन् भन्ने बारेमा चर्चा गरिएको छ । यस क्रममा प्रयोजनपरक भाषिक भेदको सैद्धान्तिक ढाँचा प्रस्तुत गर्दै नेपाली भाषामा पाइने प्रयोजनपरक भेदको परिचय दिई विश्लेषण गर्नु यस लेखको उद्देश्य रहेको छ । यही उद्देश्य प्राप्तिका लागि पुस्तकालय पद्धतिबाट सङ्कलन गरिएको सामग्रीलाई विश्लेषण गरी यस लेखमा नेपाली भाषामा रहेका प्रयोजनपरक भेदहरूको निरूपण गरिएको छ ।