{"title":"उपजीव्य कथ्यका आलोकमा चीरहरण उपन्यासमा प्रयुक्त नारीवादी चिन्तन : तुलनात्मक अध्ययन Upajibya Kathyaka Aalokma Cheerharan Upanyasma Prayukta Narivadi Chintan: Tulanatmak Adhyayan","authors":"ऋषीश्वर Rishiswar अधिकारी Adhikari","doi":"10.3126/dristikon.v9i1.31222","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत अध्ययनमा उपजीव्य कथ्यका आलोकमा चीरहरण उपन्यासमा प्रयुक्त नारीवादी चिन्तन ः तुलनात्मक अध्ययनको वैचारिकता र तिनलाई प्रस्तुत गर्ने शिल्पगत संयोजनको विश्लेषण र मूल्याङ्कन गर्दा नारीवादी समालोचना पद्धतिको उपयोग भएको छ । ‘चीरहरण’ उपन्यासबाट प्राथमिक तथ्याङ्क सङ्कलन गरिएको प्रस्तुत अध्ययनमा कृतिपरक सघन पठनबाट प्राप्त बुँदाहरूलाई वर्णनात्मक तथा व्याख्यानात्मक विधिबाट अर्थापन गरिएको छ । मूल विषयवस्तुको विश्लेषण सम्बन्धी तथ्य प्रमाणीकरण एवम् सत्यापन गर्नका लागि द्वितीय सामग्रीको समेत उपयोग भएको छ । तसर्थ यस अध्ययनले नीलम कार्की निहारिकाको चीरहरण उपन्यासमा प्रयुक्त नारीवादी चिन्तनले द्वापरयुगीन समयमा सामाजिक विवशताका कारण महिलाहरूले भोग्नु परेको सामाजिक विवशता, पारिवारिक दमन, नारी अस्मिता, दासप्रथा, दासीहरूको नारकीय जीवन, नारीहरूको चीरहरण, नारीहरूको वैचारिकता स्वतन्त्रता आदि विभिन्न किसिमका नारीमाथि हुने गतिविधिको अन्त्य नभई वर्तमान एक्काइसौँ शताब्दीमा पनि यस किसिमका घटनाले पूर्ण रूपमा प्रश्रय पाइराखेको अवस्थालाई उपन्यासको अन्तर्वस्तुले उजागर गरेको देखिन्छ । त्यसकारण उपन्यासकारले द्वापरयुगीन पात्रहरूलाई कलीयुगमा विचरण गराउँदै पात्रहरूको आत्मकथाका माध्यमद्वारा दुई युग बीचको समानतालाई दर्साएको पाइन्छ । उपन्यासकारले नारी जीवनमाथि घटेको मुख्य घटनालाई शीर्षकीकरण गरेको हुँदा सोही विषयमा केन्द्रित हुँदै उपजीव्य कथ्यका आलोकमा चीरहरण उपन्यासमा नारीवादी चिन्तनः तुलनात्मक अध्ययन शीर्षक अनुसन्धानको विषय बनेको हुँदा यसैको विश्लेषण र मूल्याङ्कन गर्दै कृर्तिको वैचारिक पक्षलाई उजागर गर्ने प्रयास गरिएको छ । उपन्यासमा अभिव्यक्ति कलामा पात्रको संवाद पक्षमा अभिव्यक्तिको पुनरावृत्ति भएको हुँदा यसले उपन्यासको काव्यत्व पक्षमा तथा पाठकवर्गलाई केही वैमनस्यता पैदा गर्ने स्थिति छ भनी निष्कर्ष निकालिएको छ ।","PeriodicalId":392018,"journal":{"name":"Dristikon: A Multidisciplinary Journal","volume":"65 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2019-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Dristikon: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/dristikon.v9i1.31222","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत अध्ययनमा उपजीव्य कथ्यका आलोकमा चीरहरण उपन्यासमा प्रयुक्त नारीवादी चिन्तन ः तुलनात्मक अध्ययनको वैचारिकता र तिनलाई प्रस्तुत गर्ने शिल्पगत संयोजनको विश्लेषण र मूल्याङ्कन गर्दा नारीवादी समालोचना पद्धतिको उपयोग भएको छ । ‘चीरहरण’ उपन्यासबाट प्राथमिक तथ्याङ्क सङ्कलन गरिएको प्रस्तुत अध्ययनमा कृतिपरक सघन पठनबाट प्राप्त बुँदाहरूलाई वर्णनात्मक तथा व्याख्यानात्मक विधिबाट अर्थापन गरिएको छ । मूल विषयवस्तुको विश्लेषण सम्बन्धी तथ्य प्रमाणीकरण एवम् सत्यापन गर्नका लागि द्वितीय सामग्रीको समेत उपयोग भएको छ । तसर्थ यस अध्ययनले नीलम कार्की निहारिकाको चीरहरण उपन्यासमा प्रयुक्त नारीवादी चिन्तनले द्वापरयुगीन समयमा सामाजिक विवशताका कारण महिलाहरूले भोग्नु परेको सामाजिक विवशता, पारिवारिक दमन, नारी अस्मिता, दासप्रथा, दासीहरूको नारकीय जीवन, नारीहरूको चीरहरण, नारीहरूको वैचारिकता स्वतन्त्रता आदि विभिन्न किसिमका नारीमाथि हुने गतिविधिको अन्त्य नभई वर्तमान एक्काइसौँ शताब्दीमा पनि यस किसिमका घटनाले पूर्ण रूपमा प्रश्रय पाइराखेको अवस्थालाई उपन्यासको अन्तर्वस्तुले उजागर गरेको देखिन्छ । त्यसकारण उपन्यासकारले द्वापरयुगीन पात्रहरूलाई कलीयुगमा विचरण गराउँदै पात्रहरूको आत्मकथाका माध्यमद्वारा दुई युग बीचको समानतालाई दर्साएको पाइन्छ । उपन्यासकारले नारी जीवनमाथि घटेको मुख्य घटनालाई शीर्षकीकरण गरेको हुँदा सोही विषयमा केन्द्रित हुँदै उपजीव्य कथ्यका आलोकमा चीरहरण उपन्यासमा नारीवादी चिन्तनः तुलनात्मक अध्ययन शीर्षक अनुसन्धानको विषय बनेको हुँदा यसैको विश्लेषण र मूल्याङ्कन गर्दै कृर्तिको वैचारिक पक्षलाई उजागर गर्ने प्रयास गरिएको छ । उपन्यासमा अभिव्यक्ति कलामा पात्रको संवाद पक्षमा अभिव्यक्तिको पुनरावृत्ति भएको हुँदा यसले उपन्यासको काव्यत्व पक्षमा तथा पाठकवर्गलाई केही वैमनस्यता पैदा गर्ने स्थिति छ भनी निष्कर्ष निकालिएको छ ।