{"title":"बालकृष्ण समका कवितामा अध्यात्मचिन्तनको प्रेरणास्रोत","authors":"मुक्तराज उपाध्याय","doi":"10.3126/ijmss.v3i1.50252","DOIUrl":null,"url":null,"abstract":"ईश्वरचिन्तनबाट आफ्नो काव्ययात्राको पहिलो पाइलो सारेका बालकृष्ण समका कविता पूर्वीय अध्यात्मवादी दर्शनबाट अनुप्राणित रहेका छन् । यिनलाई नास्तिक र भौतिकवादी कविका रूपमा व्याख्या गरिए पनि यिनका अधिकांश कवितामा पूर्वीय अध्यात्मवादी चिन्तनको प्रभाव यत्रतत्र देख्न सकिन्छ । वेद, पुराण, उपनिषद्, गीताजस्ता वैदिक वाङ्मय एवं वेदान्त दर्शनका आत्मा,परमात्मा, बन्धन, मोक्षसँग सम्बन्धित चिन्तनको अभिव्यक्ति उनका कवितामा गरिएकोहुँदा उनी एक अध्यात्मप्रेरित दार्शनिक व्यक्तित्व हुन् भन्ने कुरा पुष्टि हुन्छ । कुनै पनि व्यक्तिको व्यक्तित्व निर्माणमा ऊ जन्मेको पारिवारिक वातावरण र सामाजिक परिवेशले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । बालकृष्ण समको वैयक्तिक, सामाजिक र साहित्यिक जीवनमा पनि उनलाई प्राप्त भएको घरेलु वातावरण र समाजिक परिवेशको प्रत्यक्ष प्रभाव रहेको देखिन्छ । यसै सन्दर्भमा बालकृष्ण समले कविता लेखन र अध्यात्मचिन्तनमा बाल्यावस्थादेखि नै प्राप्त गरेको प्रेरणाको स्रोतको खोजी गर्नु यस अध्ययनको मुख्य उद्देश्य रहेको छ भने उक्त उद्देश्य प्राप्तिका लागि पुस्तकालयीय अध्ययन विधिको प्रयोग गरी प्राप्त सामग्रीलाई भिन्न–भिन्न उपशीर्षकहरूमा राखेर विश्लेषण गर्ने प्रयास गरिएको छ ।","PeriodicalId":352884,"journal":{"name":"Interdisciplinary Journal of Management and Social Sciences","volume":"30 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-06-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Interdisciplinary Journal of Management and Social Sciences","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/ijmss.v3i1.50252","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
摘要
ईश्वरचिन्तनबाट आफ्नो काव्ययात्राको पहिलो पाइलो सारेका बालकृष्ण समकाकविता पूर्वीय अध्यात्मवाद ीदर्शनबाट अनुप्राणित रहेका छन् । यिनलाईनास्तिक र भौतिकवाद ीकविका रूपमा व्याख्या गरिए पनि यिनका अधिकांश कवितामा पूर्वीय अध्यात्मवाद ी चिन्तनको प्रभाव यत्रतत्र देख्न सकिन्छ । वेद、पुराण, उपनिषद्, गीताजस्ता वैदिक वाङ्मय एवं वेदान्त दर्शनका आत्मा、परमात्मा, बन्धन、मोक्षसँग सम्बन्धित चिन्तनको अभिव्यक्ति उनका कवितामा गरिएकोहुँदा उनी एक अध्यात्मप्रेरित दार्शनिक व्यक्तित्व हुन् भन्ने कुरा पुष्टि हुन्छ ।कुनै पनि व्यक्तिको व्यक्तित्व निर्माणमा ऊ जन्मेको पारिवारिक वातावरण र सामाजिक परिवेशले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । बालकृष्ण समको वैयक्तिक,सामाजिक र साहित्यिक जीवनमा पनि उनलाई प्राप्तको भए घरेलु वातावरण र समाजिक परिवेशको प्रत्यक्ष प्रभाव रेकोदेखिन्छ । यसै सन्दर्भमा बालकृष्ण समले कवितालेखन र अध्यात्मचिन्तनमा बाल्यावस्थदाेखि नै प्राप्त गरेको प्रेणाकोस्रोतको खोजी गर्नु यस अध्ययनको मुख्य उद्देश्य रहेको छ भने उक्त उद्देश्य प्राप्तिकालागि पुस्तकालयीय अध्ययनविधिको प्रयोग गरी प्राप्त सामग्रीलाई भिन्न-भिन्न उपशीर्षकहरूमा राखेर विश्लेषण गर्ने प्रयास गरिएको छ ।
ईश्वरचिन्तनबाट आफ्नो काव्ययात्राको पहिलो पाइलो सारेका बालकृष्ण समका कविता पूर्वीय अध्यात्मवादी दर्शनबाट अनुप्राणित रहेका छन् । यिनलाई नास्तिक र भौतिकवादी कविका रूपमा व्याख्या गरिए पनि यिनका अधिकांश कवितामा पूर्वीय अध्यात्मवादी चिन्तनको प्रभाव यत्रतत्र देख्न सकिन्छ । वेद, पुराण, उपनिषद्, गीताजस्ता वैदिक वाङ्मय एवं वेदान्त दर्शनका आत्मा,परमात्मा, बन्धन, मोक्षसँग सम्बन्धित चिन्तनको अभिव्यक्ति उनका कवितामा गरिएकोहुँदा उनी एक अध्यात्मप्रेरित दार्शनिक व्यक्तित्व हुन् भन्ने कुरा पुष्टि हुन्छ । कुनै पनि व्यक्तिको व्यक्तित्व निर्माणमा ऊ जन्मेको पारिवारिक वातावरण र सामाजिक परिवेशले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । बालकृष्ण समको वैयक्तिक, सामाजिक र साहित्यिक जीवनमा पनि उनलाई प्राप्त भएको घरेलु वातावरण र समाजिक परिवेशको प्रत्यक्ष प्रभाव रहेको देखिन्छ । यसै सन्दर्भमा बालकृष्ण समले कविता लेखन र अध्यात्मचिन्तनमा बाल्यावस्थादेखि नै प्राप्त गरेको प्रेरणाको स्रोतको खोजी गर्नु यस अध्ययनको मुख्य उद्देश्य रहेको छ भने उक्त उद्देश्य प्राप्तिका लागि पुस्तकालयीय अध्ययन विधिको प्रयोग गरी प्राप्त सामग्रीलाई भिन्न–भिन्न उपशीर्षकहरूमा राखेर विश्लेषण गर्ने प्रयास गरिएको छ ।