{"title":"जिरो कटेज उपन्यासमा पर्यावरणीय सङ्कट {Environmental Crisis in Zero Cottage Novel}","authors":"दीपकप्रसाद Dipakprasad ढकाल Dhakal","doi":"10.3126/tuj.v37i1.48299","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेख जिरो कटेज उपन्यासको पर्यावरणीय सङ्कटमा केन्द्रित छ । प्रविधिसंस्कृति र आविष्कारका कारण पर्यावरणको अत्यधिक दोहन हुँदा पर्याचक्रमा परेको प्रतिकूलतालाई यस लेखमा विश्लेषण गरिएको छ । कृतिमा पर्याचक्रीय प्रभावको विश्लेषण गर्ने पर्यावरण सिद्धान्त यस लेखको मुख्य सैद्धान्तिक आधार हो । आरम्भमा पर्यावरणीय विश्लेषणका प्रतिमान दिएर पाठका साक्ष्य प्रस्तुत गरिएकाले यसमा निगमनात्मक विश्लेषण विधिको प्रयोग भएको छ । विश्लेषणलाई सामान्यीकरण गरेर निष्कर्षमा पुग्ने क्रममा यस लेखमा आगमनात्मक विधिको पनि प्रयोग गरिएको छ । विश्लेषणका क्रममा जिरो कटेजलाई प्राथमिक र पार्यवरणीय सिद्धान्ततथा व्याख्यात्मक सन्दर्भका अन्य सामग्रीलाई द्वितीयकका रूपमा पुस्तकालय स्रोतबाट प्रयोग गरिएको छ । जिरो कटेज साइबर संस्कृति र पर्यावरणीय सङ्कटको संयोजित प्रयोग भएको उपन्यास हो । पृथ्वीमा रहेका प्राकृतिक साधनको अत्यधिक दोहनका कारण मानव लगायत अन्य प्रजातिका जीवन एवं पर्याचक्र समाप्त हुने सम्भावनाको सत्याभासमा यो उपन्यास आधारित छ । भूमण्डलीकृत पुँजीवादका कारण नेपाल जस्ता विकासशील देशले पर्याचक्रमा आएका प्रतिकूलताका प्रभाव भोग्नु पर्ने अवस्थाको प्रतीकात्मक चित्रण यस उपन्यासमा गरिएको छ ।","PeriodicalId":23254,"journal":{"name":"Tribhuvan University Journal of Microbiology","volume":null,"pages":null},"PeriodicalIF":0.0000,"publicationDate":"2022-09-20","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Tribhuvan University Journal of Microbiology","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/tuj.v37i1.48299","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत लेख जिरो कटेज उपन्यासको पर्यावरणीय सङ्कटमा केन्द्रित छ । प्रविधिसंस्कृति र आविष्कारका कारण पर्यावरणको अत्यधिक दोहन हुँदा पर्याचक्रमा परेको प्रतिकूलतालाई यस लेखमा विश्लेषण गरिएको छ । कृतिमा पर्याचक्रीय प्रभावको विश्लेषण गर्ने पर्यावरण सिद्धान्त यस लेखको मुख्य सैद्धान्तिक आधार हो । आरम्भमा पर्यावरणीय विश्लेषणका प्रतिमान दिएर पाठका साक्ष्य प्रस्तुत गरिएकाले यसमा निगमनात्मक विश्लेषण विधिको प्रयोग भएको छ । विश्लेषणलाई सामान्यीकरण गरेर निष्कर्षमा पुग्ने क्रममा यस लेखमा आगमनात्मक विधिको पनि प्रयोग गरिएको छ । विश्लेषणका क्रममा जिरो कटेजलाई प्राथमिक र पार्यवरणीय सिद्धान्ततथा व्याख्यात्मक सन्दर्भका अन्य सामग्रीलाई द्वितीयकका रूपमा पुस्तकालय स्रोतबाट प्रयोग गरिएको छ । जिरो कटेज साइबर संस्कृति र पर्यावरणीय सङ्कटको संयोजित प्रयोग भएको उपन्यास हो । पृथ्वीमा रहेका प्राकृतिक साधनको अत्यधिक दोहनका कारण मानव लगायत अन्य प्रजातिका जीवन एवं पर्याचक्र समाप्त हुने सम्भावनाको सत्याभासमा यो उपन्यास आधारित छ । भूमण्डलीकृत पुँजीवादका कारण नेपाल जस्ता विकासशील देशले पर्याचक्रमा आएका प्रतिकूलताका प्रभाव भोग्नु पर्ने अवस्थाको प्रतीकात्मक चित्रण यस उपन्यासमा गरिएको छ ।