{"title":"उत्तरवर्ती नेपाली निबन्धमा पर्यावरणीय चेतना","authors":"रजनी Rajani ढकाल Dhakal","doi":"10.3126/tuj.v38i01.56216","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत अनुसन्धानात्मक लेखमा पर्यावरणीय चेतना भएका केही उत्तरवर्ती नेपाली निबन्धलाई पाठका रूपमा लिई तिनमा प्रयुक्त पर्यावरणीय चेतनाका विभिन्न आयामहरूको विश्लेषण गरी उत्तरवर्ती नेपाली निबन्धमा अभिव्यक्त पर्यावरणीय चेतनाको निरूपण गरिएको छ । यस लेखको उद्देश्य प्रकृति र मानव तथा जीवजगत् बिचको अन्तर्सम्बन्धलाई चित्रण गरिएका उत्तरवर्ती नेपाली निबन्धमा अभिव्यक्त पर्यावरणीय चेतनाको स्वपरूप पहिल्याउनु हो । यस अध्ययनमा उत्तरवर्ती नेपाली निबन्धमा मानव र प्रकृतिको आत्मीय सम्बन्ध, पर्यावरणीय गहनताको चित्रण, पर्यावरणीय नारीवादी चेतनाको प्रस्तुति, जनजाति र पर्यावरणका बीचको तादात्म्य तथा ग्राम्य र अप्रदूषित प्रकृतिको संवेदनशील चित्रण गरिएको भन्ने विचार पर्यावरणीय मान्यताका आधारमा अध्ययन गरिएको छ । यस अनुसन्धानमा सोद्देश्य नमुना छनोट पद्धतिबाट पाठगत तथ्याङ्क सङ्कलन गरी निबन्धको विश्लेषणका लागि पर्यावरणीय समालोचनाका आधारभूत मान्यतालाई सैद्धान्तिक पर्याधारका रूपमा अवलम्बन गरी निबन्धको विश्लेषण गरिएको छ । उत्तरवर्ती नेपाली निबन्धमा गहन पर्यावरण, पर्यावरणीय नारीवाद, जनजातीय पर्यावरणका मान्यतालाई विश्लेषणको ढाँचाका रूपमा उपयोग गरी बाइस वटा उत्तरवर्ती नेपाली निबन्धमा वातावरणीय विनाशको चिन्ताका साथै सामाजिक पहिचान र लैङ्गिक सन्दर्भबाट आउने जनजातीय र नारीवादी पर्यावरणीय सौन्दर्य चेतनाका दृष्टिले पनि उत्तरवर्ती नेपाली निबन्ध सबल रहेको तथा पर्यावरणप्रतिको सचेतता सघन रूपमा रहेको छ भन्ने निष्कर्ष निकालिएको छ ।","PeriodicalId":23254,"journal":{"name":"Tribhuvan University Journal of Microbiology","volume":"74 1","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-06-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Tribhuvan University Journal of Microbiology","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/tuj.v38i01.56216","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत अनुसन्धानात्मक लेखमा पर्यावरणीय चेतना भएका केही उत्तरवर्ती नेपाली निबन्धलाई पाठका रूपमा लिई तिनमा प्रयुक्त पर्यावरणीय चेतनाका विभिन्न आयामहरूको विश्लेषण गरी उत्तरवर्ती नेपाली निबन्धमा अभिव्यक्त पर्यावरणीय चेतनाको निरूपण गरिएको छ । यस लेखको उद्देश्य प्रकृति र मानव तथा जीवजगत् बिचको अन्तर्सम्बन्धलाई चित्रण गरिएका उत्तरवर्ती नेपाली निबन्धमा अभिव्यक्त पर्यावरणीय चेतनाको स्वपरूप पहिल्याउनु हो । यस अध्ययनमा उत्तरवर्ती नेपाली निबन्धमा मानव र प्रकृतिको आत्मीय सम्बन्ध, पर्यावरणीय गहनताको चित्रण, पर्यावरणीय नारीवादी चेतनाको प्रस्तुति, जनजाति र पर्यावरणका बीचको तादात्म्य तथा ग्राम्य र अप्रदूषित प्रकृतिको संवेदनशील चित्रण गरिएको भन्ने विचार पर्यावरणीय मान्यताका आधारमा अध्ययन गरिएको छ । यस अनुसन्धानमा सोद्देश्य नमुना छनोट पद्धतिबाट पाठगत तथ्याङ्क सङ्कलन गरी निबन्धको विश्लेषणका लागि पर्यावरणीय समालोचनाका आधारभूत मान्यतालाई सैद्धान्तिक पर्याधारका रूपमा अवलम्बन गरी निबन्धको विश्लेषण गरिएको छ । उत्तरवर्ती नेपाली निबन्धमा गहन पर्यावरण, पर्यावरणीय नारीवाद, जनजातीय पर्यावरणका मान्यतालाई विश्लेषणको ढाँचाका रूपमा उपयोग गरी बाइस वटा उत्तरवर्ती नेपाली निबन्धमा वातावरणीय विनाशको चिन्ताका साथै सामाजिक पहिचान र लैङ्गिक सन्दर्भबाट आउने जनजातीय र नारीवादी पर्यावरणीय सौन्दर्य चेतनाका दृष्टिले पनि उत्तरवर्ती नेपाली निबन्ध सबल रहेको तथा पर्यावरणप्रतिको सचेतता सघन रूपमा रहेको छ भन्ने निष्कर्ष निकालिएको छ ।