{"title":"उच्च माविमा अध्ययनरत विद्यार्थीको प्राज्ञिक लेखन सक्षमता {Academic writing of undergraduate students competence}","authors":"शक्तिराज Shaktiraj नेपाल Nepal","doi":"10.3126/jeqtu.v4i1.57411","DOIUrl":null,"url":null,"abstract":"उच्च माविमा अध्ययनत विद्यार्थीको प्राज्ञिक लेखन सक्षमता नै यस लेखको शीर्षक हो । उच्च मावि अन्तर्गत सुनसरी जिल्ला, धरान उपमहानगरपालिका भित्रका ५ वटा सामुदायिक उच्च माविका कक्षा १२ मा अध्ययनरत ५० जना विद्यार्थीलाई मात्र यस लेखमा नमुनाका रूपमा लिइएको छ । यस लेखमा उक्त कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीहरूको मात्र प्राज्ञिक लेखन क्षमताको परीक्षण तथा विश्लेषण गरिएको छ । अध्ययनका लागि लेखनको शीर्षक र तार्किकता, शब्दचयन र सान्दर्भिकता, वाक्यगठन र पुनरावृत्ति, संसक्तता तथा अनुच्छेदगठन र शैली प्रस्तुति तथा प्राज्ञिकतालाई उपकरण बनाइएको छ भने समग्रता, भाषिक पृष्ठभूमि र लैङ्गिकतालाई अध्ययनको आधार बनाई तथ्याङ्क शास्त्रीय मध्यमानर प्रतिशत विधिद्वारा व्याख्या विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । यस अध्ययनको प्राप्तिअनुसार उच्च माविका विद्यार्थीको वाक्यगठन र पुनरावृत्तिमा सबभन्दा धेरै ६०% तथा शब्दचयन र सान्दर्भिकतामा ५८.३३% अभिक्षमता रहेको देखिएको छ । साथै संसक्तता र अनुच्छेद गठनमा सबैभन्दा कम ५०.६% अभिक्षमता रहेको पाइएको छ । समग्रमा कक्षा १२ का विद्यार्थीको प्राज्ञिक लेखनको क्षमता ५४.७४% प्रतिशत रहेको छ । लेखाइ सिपको विशिष्ट अभ्यासका रूपमा प्राज्ञिक लेखनलाई लिइने भएकाले विद्यार्थीले लेखन अभ्यासमा एकरूपता, औपचारिक ढाँचा, प्रौढ भाषाशैली, संसक्तता, चुस्त र अन्तरसम्बद्ध स्वरूपको अभ्यासमा बढी जोड दिनुपर्ने देखिन्छ । स्थलगत सर्वेक्षण तथा कक्षा अवलोकन विधिको प्रयोग गरी सामग्री सङ्कलन गरिएको यस लेखमा परिमाणात्मक अध्ययन पद्धतिलाई अपनाइएको छ साथमा प्राज्ञिक लेखनका प्रवृत्तिहरू; शीर्षक चयन र तार्किकता, शब्द चयनर सान्दर्भिकता, वाक्य गठन र पुनरावृत्ति, संसक्तता र अनुच्छेद गठन तथा शैली, प्रस्तुति र प्राज्ञिकताका आधारमा विश्लेषणको अवधारणात्मक ढाँचा बनाइएको छ । प्राज्ञिक लेखनजस्तो विशिष्ट प्रकृतिको लेखनमा विद्यार्थी, शिक्षक तथा सरोकारवालाहरूले अलि बढीध्यान दिनुपर्ने देखिन्छ र ती सरोकारवालाहरूलाई यस अध्ययनले प्राज्ञिक लेखनका सवालमा सहयोग पुर्याउने देखिएको छ ।","PeriodicalId":45133,"journal":{"name":"Rural Special Education Quarterly","volume":null,"pages":null},"PeriodicalIF":0.9000,"publicationDate":"2023-08-07","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Rural Special Education Quarterly","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/jeqtu.v4i1.57411","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"Q3","JCRName":"EDUCATION, SPECIAL","Score":null,"Total":0}
引用次数: 0
Abstract
उच्च माविमा अध्ययनत विद्यार्थीको प्राज्ञिक लेखन सक्षमता नै यस लेखको शीर्षक हो । उच्च मावि अन्तर्गत सुनसरी जिल्ला, धरान उपमहानगरपालिका भित्रका ५ वटा सामुदायिक उच्च माविका कक्षा १२ मा अध्ययनरत ५० जना विद्यार्थीलाई मात्र यस लेखमा नमुनाका रूपमा लिइएको छ । यस लेखमा उक्त कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीहरूको मात्र प्राज्ञिक लेखन क्षमताको परीक्षण तथा विश्लेषण गरिएको छ । अध्ययनका लागि लेखनको शीर्षक र तार्किकता, शब्दचयन र सान्दर्भिकता, वाक्यगठन र पुनरावृत्ति, संसक्तता तथा अनुच्छेदगठन र शैली प्रस्तुति तथा प्राज्ञिकतालाई उपकरण बनाइएको छ भने समग्रता, भाषिक पृष्ठभूमि र लैङ्गिकतालाई अध्ययनको आधार बनाई तथ्याङ्क शास्त्रीय मध्यमानर प्रतिशत विधिद्वारा व्याख्या विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । यस अध्ययनको प्राप्तिअनुसार उच्च माविका विद्यार्थीको वाक्यगठन र पुनरावृत्तिमा सबभन्दा धेरै ६०% तथा शब्दचयन र सान्दर्भिकतामा ५८.३३% अभिक्षमता रहेको देखिएको छ । साथै संसक्तता र अनुच्छेद गठनमा सबैभन्दा कम ५०.६% अभिक्षमता रहेको पाइएको छ । समग्रमा कक्षा १२ का विद्यार्थीको प्राज्ञिक लेखनको क्षमता ५४.७४% प्रतिशत रहेको छ । लेखाइ सिपको विशिष्ट अभ्यासका रूपमा प्राज्ञिक लेखनलाई लिइने भएकाले विद्यार्थीले लेखन अभ्यासमा एकरूपता, औपचारिक ढाँचा, प्रौढ भाषाशैली, संसक्तता, चुस्त र अन्तरसम्बद्ध स्वरूपको अभ्यासमा बढी जोड दिनुपर्ने देखिन्छ । स्थलगत सर्वेक्षण तथा कक्षा अवलोकन विधिको प्रयोग गरी सामग्री सङ्कलन गरिएको यस लेखमा परिमाणात्मक अध्ययन पद्धतिलाई अपनाइएको छ साथमा प्राज्ञिक लेखनका प्रवृत्तिहरू; शीर्षक चयन र तार्किकता, शब्द चयनर सान्दर्भिकता, वाक्य गठन र पुनरावृत्ति, संसक्तता र अनुच्छेद गठन तथा शैली, प्रस्तुति र प्राज्ञिकताका आधारमा विश्लेषणको अवधारणात्मक ढाँचा बनाइएको छ । प्राज्ञिक लेखनजस्तो विशिष्ट प्रकृतिको लेखनमा विद्यार्थी, शिक्षक तथा सरोकारवालाहरूले अलि बढीध्यान दिनुपर्ने देखिन्छ र ती सरोकारवालाहरूलाई यस अध्ययनले प्राज्ञिक लेखनका सवालमा सहयोग पुर्याउने देखिएको छ ।