{"title":"वैदिक शिक्षण विधि : श्रवण, मनन, निदिध्यासनः र वर्तमान शिक्षण प्रणालीमा उपादेयता","authors":"जनार्दन Janardan घिमिरे Ghimire","doi":"10.3126/tuj.v38i01.56221","DOIUrl":null,"url":null,"abstract":"आधुनिक पश्चिमी शिक्षा प्रणालीले वैदिक दर्शनमा निहित शैक्षिक विचारहरूमा छायाँ पारिरहेको परिवेशमा वैदिक ग्रन्थमा के कस्ता शिक्षण विधिहरू छन् भन्ने जिज्ञासा समाधान गर्ने ध्येयले यो लेख तयार गरिएको छ । उपनिषद्मा वर्णित तत्वज्ञानका विधिलाई कसरी बुझ्न सकिएला ? ती विधिहरूको वर्तमान शिक्षा व्यवस्थामा के उपादेयता हुन सक्ला ? भन्ने दुई प्रश्नहरूको उत्तर खोज्न यो लेख केन्द्रित छ । शास्त्रहरूको अध्ययन गरी त्यसमा निहित अर्थको व्याख्या गर्न प्रचलित हर्मेन्यूटिक विधिको प्रयोगद्वारा सूचना निर्माण र व्याख्या गरिएको छ । उपनिषदमा वर्णित श्रवणलाई विभिन्न छ चरणमा अर्थपूर्ण तरिकाले सुन्ने प्रक्रियाको रूपमा बुझ्न सकिँदो रहेछ । श्रवण गरिएको ज्ञानलाई वाद, जल्प र वितण्डा जस्ता प्रक्रियाहरूबाट स्वीकार, इन्कार वा मूल्याङ्कन गर्ने प्रक्रिया मनन रहेछ । मननबाट सुनिश्चित वा सन्देहरहित भएकोज्ञानलाई व्यवहारमा रूपान्तरण गर्ने प्रक्रियालाई निदिध्यासन भनिँदो रहेछ । यी विधिहरू विशेष रहेछन् । तत्वज्ञानका अभिलाषी साधकहरू र सांसारिक ज्ञानआर्जन गर्न चाहने विद्यार्थीहरू दुवैका लागि यी विधिहरू फलदायी रहेछन् । अनौपचारिक र औपचारिक शिक्षाका तल्ला तहदेखि उच्च तहसम्मका जुनसुकै विषयको शिक्षणमा पनि यी विधिहरू सान्दर्भिक देखिन्छन् । यसले वैदिक ग्रन्थहरूको उपादेयता पुष्टि गर्छ । वैदिक चिन्तन परम्परामा यस्ता उपयोगी ज्ञानहरू धेरै हुन सक्छन, जुन हामीलाई थाहा नभई रहेको हुन सक्छ । अतः प्राज्ञिक समुदायले वैदिकग्रन्थहरूको अध्ययन अनुसन्धानमा चासो राख्नुपर्ने देखिन्छ ।","PeriodicalId":23254,"journal":{"name":"Tribhuvan University Journal of Microbiology","volume":"72 4 1","pages":""},"PeriodicalIF":0.0000,"publicationDate":"2023-06-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Tribhuvan University Journal of Microbiology","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/tuj.v38i01.56221","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
आधुनिक पश्चिमी शिक्षा प्रणालीले वैदिक दर्शनमा निहित शैक्षिक विचारहरूमा छायाँ पारिरहेको परिवेशमा वैदिक ग्रन्थमा के कस्ता शिक्षण विधिहरू छन् भन्ने जिज्ञासा समाधान गर्ने ध्येयले यो लेख तयार गरिएको छ । उपनिषद्मा वर्णित तत्वज्ञानका विधिलाई कसरी बुझ्न सकिएला ? ती विधिहरूको वर्तमान शिक्षा व्यवस्थामा के उपादेयता हुन सक्ला ? भन्ने दुई प्रश्नहरूको उत्तर खोज्न यो लेख केन्द्रित छ । शास्त्रहरूको अध्ययन गरी त्यसमा निहित अर्थको व्याख्या गर्न प्रचलित हर्मेन्यूटिक विधिको प्रयोगद्वारा सूचना निर्माण र व्याख्या गरिएको छ । उपनिषदमा वर्णित श्रवणलाई विभिन्न छ चरणमा अर्थपूर्ण तरिकाले सुन्ने प्रक्रियाको रूपमा बुझ्न सकिँदो रहेछ । श्रवण गरिएको ज्ञानलाई वाद, जल्प र वितण्डा जस्ता प्रक्रियाहरूबाट स्वीकार, इन्कार वा मूल्याङ्कन गर्ने प्रक्रिया मनन रहेछ । मननबाट सुनिश्चित वा सन्देहरहित भएकोज्ञानलाई व्यवहारमा रूपान्तरण गर्ने प्रक्रियालाई निदिध्यासन भनिँदो रहेछ । यी विधिहरू विशेष रहेछन् । तत्वज्ञानका अभिलाषी साधकहरू र सांसारिक ज्ञानआर्जन गर्न चाहने विद्यार्थीहरू दुवैका लागि यी विधिहरू फलदायी रहेछन् । अनौपचारिक र औपचारिक शिक्षाका तल्ला तहदेखि उच्च तहसम्मका जुनसुकै विषयको शिक्षणमा पनि यी विधिहरू सान्दर्भिक देखिन्छन् । यसले वैदिक ग्रन्थहरूको उपादेयता पुष्टि गर्छ । वैदिक चिन्तन परम्परामा यस्ता उपयोगी ज्ञानहरू धेरै हुन सक्छन, जुन हामीलाई थाहा नभई रहेको हुन सक्छ । अतः प्राज्ञिक समुदायले वैदिकग्रन्थहरूको अध्ययन अनुसन्धानमा चासो राख्नुपर्ने देखिन्छ ।