{"title":"लोग्नेमानिस र स्वास्नीमानिस निबन्धमा लैङ्गिक अध्ययन","authors":"कल्पना लुइटेल","doi":"10.3126/ijmss.v3i1.50246","DOIUrl":null,"url":null,"abstract":"प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्मा मूलतः निबन्धकार हुन् । उनका निबन्धमा शोषित, पीडित, उत्पीडित वर्गले खेप्नुपरेका विभिन्न समस्यालाई विषयवस्तुका रूपमा प्रस्तुत गरेको पाइन्छ । नेपाली समाजमा विद्यमान लैङ्गिक भेदभाव र शोषणलाई शर्माले विभिन्न उदाहरणकासाथ प्रस्तुत गरेका छन् । उनी लैङ्गिक शोषण र भेदभावको अन्त्य भई समानतामूलक उन्नत समाज निर्माण गर्नुपर्ने उद्धेश्यकासाथ निबन्ध रचना गर्ने निबन्धकार हुन् । शर्माका प्रकाशित निबन्धसङ्ग्रहमा अधिकांश शीर्षक नारीलाई केन्द्र बनाएर लेखिएका नारीवादी छन् । शर्माका विचारमा नर र नारी समाजरूपी रथका दुई पाङ्ग्रा हुन् । नेपाली समाजमा नारी रूपी रथको पाङ्ग्रा बिग्रेको जस्तो देखिन्छ । किनकी तत्कालीन नेपाली समाजका नारी आर्थिक, सामाजिक, राजनैतिक, धार्मिक, सांस्कृतिक आदि सबै क्षेत्रमा धेरै नै पछाडि पेरका तथा पारिएका छन् । यस निबन्धमा नारीको अवस्था अत्यन्त कमजोर रहेको देखाउन निबन्धकार सफल भएका छन् । जबसम्म समाजरूपी रथका यी दुवै पाङ्ग्रा समान र बराबरीको हैसियतमा आउँदैनन् तबसम्म समाज तथा देश सम्पन्न बन्न सक्दैन् भन्ने मान्यता यस निबन्धमा प्रस्तुत भएको छ । लोग्नेमानिस र स्वास्नीमानिस निबन्धमा हाम्रो समाजका नारीहरूको अवस्था ज्यादै दयनीय भएको देखाउँदै नारीहरूलाई तिमीहरू प्राकृतिक रूपमा समान हौ; तिमीहरूलाई यहाँको समाजव्यवस्थाले र राज्यव्यवस्थाले जालझेल, षडयन्त्र गरेर पछि पारेको हो भन्ने पुष्टि गरिएको छ । नारीहरू चुप लागेर नबस आफ्नो अधिकार लिन अगाडि बढ् भन्ने कुरामा सचेत गराउने सन्दर्भ यस निबन्धमा प्रतिबिम्बन भएको देखिन्छ ।","PeriodicalId":352884,"journal":{"name":"Interdisciplinary Journal of Management and Social Sciences","volume":"63 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-06-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Interdisciplinary Journal of Management and Social Sciences","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/ijmss.v3i1.50246","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्मा मूलतः निबन्धकार हुन् । उनका निबन्धमा शोषित, पीडित, उत्पीडित वर्गले खेप्नुपरेका विभिन्न समस्यालाई विषयवस्तुका रूपमा प्रस्तुत गरेको पाइन्छ । नेपाली समाजमा विद्यमान लैङ्गिक भेदभाव र शोषणलाई शर्माले विभिन्न उदाहरणकासाथ प्रस्तुत गरेका छन् । उनी लैङ्गिक शोषण र भेदभावको अन्त्य भई समानतामूलक उन्नत समाज निर्माण गर्नुपर्ने उद्धेश्यकासाथ निबन्ध रचना गर्ने निबन्धकार हुन् । शर्माका प्रकाशित निबन्धसङ्ग्रहमा अधिकांश शीर्षक नारीलाई केन्द्र बनाएर लेखिएका नारीवादी छन् । शर्माका विचारमा नर र नारी समाजरूपी रथका दुई पाङ्ग्रा हुन् । नेपाली समाजमा नारी रूपी रथको पाङ्ग्रा बिग्रेको जस्तो देखिन्छ । किनकी तत्कालीन नेपाली समाजका नारी आर्थिक, सामाजिक, राजनैतिक, धार्मिक, सांस्कृतिक आदि सबै क्षेत्रमा धेरै नै पछाडि पेरका तथा पारिएका छन् । यस निबन्धमा नारीको अवस्था अत्यन्त कमजोर रहेको देखाउन निबन्धकार सफल भएका छन् । जबसम्म समाजरूपी रथका यी दुवै पाङ्ग्रा समान र बराबरीको हैसियतमा आउँदैनन् तबसम्म समाज तथा देश सम्पन्न बन्न सक्दैन् भन्ने मान्यता यस निबन्धमा प्रस्तुत भएको छ । लोग्नेमानिस र स्वास्नीमानिस निबन्धमा हाम्रो समाजका नारीहरूको अवस्था ज्यादै दयनीय भएको देखाउँदै नारीहरूलाई तिमीहरू प्राकृतिक रूपमा समान हौ; तिमीहरूलाई यहाँको समाजव्यवस्थाले र राज्यव्यवस्थाले जालझेल, षडयन्त्र गरेर पछि पारेको हो भन्ने पुष्टि गरिएको छ । नारीहरू चुप लागेर नबस आफ्नो अधिकार लिन अगाडि बढ् भन्ने कुरामा सचेत गराउने सन्दर्भ यस निबन्धमा प्रतिबिम्बन भएको देखिन्छ ।