{"title":"चेतना’ एकाङ्कीमा प्रयुक्त लोकविश्वास","authors":"कान्छी महर्जन","doi":"10.3126/ijmss.v4i1.54106","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेखमा जयन्ती ‘स्पन्दन’द्वारा लिखित ‘चेतना’ शीर्षकको एकाङ्कीलाई लोकविश्वास दृष्टिले विश्लेषण गरिएको छ । यस अध्ययनमा लोकविश्वासलाई अध्ययनको एउटा महत्वपूर्ण आधारका रूपमा लिइएको छ । लोकविश्वास लोकजीवनसँग जोडिएको हुन्छ । अझ भनौँ लोकविश्वास नै लोकजीवनको मियो हो । यो शब्द ‘शकुन’सँग सम्बन्धित भएकाले प्राचीन समयमा लोकविश्वासलाई शकुन पनि भनिन्थ्यो । ‘शकुन’ शब्दले लोकले विश्वास गर्ने शुभाशुभ सन्दर्भलाई सङ्केत गर्दछ तथापि सबै लोकविश्वास सकारात्मक अर्थका मात्र देखिँदैनन् । कतिपय नकारात्मक प्रकृतिका लोकविश्वास लोकजीवनमा रहेका छन् । यस्तै मानव शरीर, खाना, मानवेतर शरीर, यात्रा, व्यवहार, सपना, आदिसँग सम्बन्धित लोकविश्वास नेपाली लोकजीवनमा विद्यमान देखिन्छन् । यस लेखमा यिनै लोकविश्वासका आधारमा ‘चेतना’ एकाङ्कीको अध्ययन र विश्लेषण गरिएको छ । प्रस्तुत एकाङ्कीमा धर्म र संस्कृतिसँग सम्बन्धित लोकविश्वासले लोकजीवनमा बढी प्रभाव पारेको र त्यसले नकारात्मक अर्थका साथ लैङ्गिक असमानतालाई बढावा दिएको यथार्थसँग साक्षात्कार गराउँदै समाज रूपान्तरका लागि यस्ता लोकविश्वास लोकजीवनमा अन्त्य हुनुपर्ने क्रान्तिकारी वैचारिकी अनिवार्यताको निष्कर्ष निकालिएको छ ।","PeriodicalId":352884,"journal":{"name":"Interdisciplinary Journal of Management and Social Sciences","volume":"59 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2023-05-26","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Interdisciplinary Journal of Management and Social Sciences","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/ijmss.v4i1.54106","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत लेखमा जयन्ती ‘स्पन्दन’द्वारा लिखित ‘चेतना’ शीर्षकको एकाङ्कीलाई लोकविश्वास दृष्टिले विश्लेषण गरिएको छ । यस अध्ययनमा लोकविश्वासलाई अध्ययनको एउटा महत्वपूर्ण आधारका रूपमा लिइएको छ । लोकविश्वास लोकजीवनसँग जोडिएको हुन्छ । अझ भनौँ लोकविश्वास नै लोकजीवनको मियो हो । यो शब्द ‘शकुन’सँग सम्बन्धित भएकाले प्राचीन समयमा लोकविश्वासलाई शकुन पनि भनिन्थ्यो । ‘शकुन’ शब्दले लोकले विश्वास गर्ने शुभाशुभ सन्दर्भलाई सङ्केत गर्दछ तथापि सबै लोकविश्वास सकारात्मक अर्थका मात्र देखिँदैनन् । कतिपय नकारात्मक प्रकृतिका लोकविश्वास लोकजीवनमा रहेका छन् । यस्तै मानव शरीर, खाना, मानवेतर शरीर, यात्रा, व्यवहार, सपना, आदिसँग सम्बन्धित लोकविश्वास नेपाली लोकजीवनमा विद्यमान देखिन्छन् । यस लेखमा यिनै लोकविश्वासका आधारमा ‘चेतना’ एकाङ्कीको अध्ययन र विश्लेषण गरिएको छ । प्रस्तुत एकाङ्कीमा धर्म र संस्कृतिसँग सम्बन्धित लोकविश्वासले लोकजीवनमा बढी प्रभाव पारेको र त्यसले नकारात्मक अर्थका साथ लैङ्गिक असमानतालाई बढावा दिएको यथार्थसँग साक्षात्कार गराउँदै समाज रूपान्तरका लागि यस्ता लोकविश्वास लोकजीवनमा अन्त्य हुनुपर्ने क्रान्तिकारी वैचारिकी अनिवार्यताको निष्कर्ष निकालिएको छ ।